भारतमा ‘लकडाउन’काे अवधि मे ३ सम्म लम्बियाे

भारतमा ‘लकडाउन’काे अवधि मे ३ सम्म लम्बियाे

नयाँ दिल्ली – भारतमा तीन हप्तादेखी लागूहुदै आएको लकडाउन अझै दुई हप्ता बढेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज मंगलबार १४ अप्रैलका दिन देशबासीलाई बिशेष सम्बोधन गर्दै कोरोना भाइरस संक्रण रोकथामकालागि लकडाउन अझै दुई हप्ता बढाइएको घोषणा गरेका हुन ।

मोदीले भारतीय नागरिको लकडाउनमा दिएको त्यागले गर्दा नै कोरोनाको जोखिम टाल्न सफल भएको बताए । उनले कष्टसहेर पनि देशलाई बचाएकोमा देशबासीलाई धन्यवाद दिए ।

खान , आउनजानकालगि कठिनाई भएपनि सबैले कोरोनालाई हराउन साथ दिएकोमा गर्व लागेको बताए । हाम्रो सामुहिक संघर्ष संबिधानका निर्माताहरुलाई अर्पण गरेको सुनाए ।

मोदीले भारत उत्सवकै उत्सवको देश भएपनि नागरिकहरुले सबैले लकडाउमा घरघरमै मनाएर प्रसंनिय काम गरेको भन्दै नयाँ बर्षमा भारतबासीलाई हार्दिक धन्यबाद पनि दिए ।

भारतमा कोरोनाका संक्रमण देखापर्नसाथ बेलैमा सर्तकता अपनाएकोले विश्वका अन्य देशहरुमा जस्तो महामारी फैलिन नसकेको दाबी गरे ।

अरु देशमा हजारौ नागरिकको दुखद मृत्यु भैसकेको तर भारत समयमै सचेत भएर लकडाउन गरेकोले भारत कल्पना भन्दा बाहिरको जोखिमबाट जोगिन सफल भएको बताए ।

उनले लकडाउनले देशलाई धेरै लाभ भएको सुनाए । आर्थिक हिसाबले महंगो भएपनि लकडाउनको तुलना कतै र कसैबाट हुनैसक्दैन भने ।

कोरोना फैलन नदिन भारतका राज्य सरकार र नागरिक समाजले प्रसंनिय भुमिका खेलेको आफु सन्तुष्ट भएको बताउदै मोदीले तर जोखिम अझै बढेको छ । भने ।

उनले सबैले लकडाउन बढाउन चौतर्फी सुझाव दिएकोले भारतमा लकडाउन ३ मई तक बढाउन केन्द्र सरकार बाध्य भएको बताए ।

देशबासीका नाममा सम्बोधन गर्दै प्रम मोदीले लकडाउन पुर्ण पालना गराएर संक्रमण कम गराउन राज्यका शहरुमा शसर्तका आधारमा ३० अप्रेलपछि लकाउन खुलाउन सकिने बताए ।

उनले देशभरिको लकडाउनलाई अझै कडा बनाइने पनि बताए । २० अप्रैल सम्म जिल्ला तहको बिशेष अनुगमन गरिने जानकारी गराए ।

उनले भारतमा खादयान्नको कुनै समस्या नहुने दाबी गरे । उनले दैनिक ज्यलामजदुरी गरेर खानेहरुकालागि सरकाले बिशेष निर्देशिका तैयार गरिसकेको र त्यो बुधबार जारी गर्ने जानकारी गराए ।

उनले लकडाउन पालना भए नभएको अनुगमन उच्चस्तरियर संयन्त्रबाट गरिने बताए । देशका बैज्ञानिक कोरानाको औषधी बनाउन जुटिरहेको र उनीहरु सफल हुने बिश्वास गरे ।

कोरोना जित्नलाई मोदीका सात टिप्स

उनले अन्तमा कोरोना सक्रमण रोक्न सात कुरा पालना गर्न निर्देशन गर्दै आग्रह गरे , जेष्ट नागरिकलाई बिशेष ध्यान दिनु , पुरानो बिरामीलाई कोरोनाबाट जोगाएर राख्नु , समाजिक दुरी बनाएर राख्नु , मास्कको अनिवार्य प्रयोग गर्नु , ईम्यिुनिटि बढाउने उपायको अवलम्बन गर्नु , कोरोना संक्रमण रोकथामकालागि आरोग्य सेतु मोवाइल एप डाउनलोड गर्नु , सकेसम्म गरिबपरिवारलाई सहयोग गर्नु , परिवार , काम गर्ने कमचारी मजदुरलाई माया गर्नु , कोराना रोकथाम र उपचारमा खटिएका योद्धाहरुलाई सम्मान गर्नु ।,

प्रकाशित मिति : मंगलबार, बैशाख २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij