भारतमा सार्वजनिक ठाउँमा ‘थुक्न’ प्रतिबन्ध

भारतमा सार्वजनिक ठाउँमा ‘थुक्न’ प्रतिबन्ध

काठमाण्डौ – भारतको गृह मन्त्रालयले सार्वजनिक ठाउँमा थुक्न प्रतिबन्ध लगाएको छ । सार्वजनिक ठाउँमा थुक्दा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिने खतरा रहेको भन्दै मन्त्रालयले प्रतिबन्ध लगाएको हो ।

यद्यपि यो आदेश आउनुभन्दा धेरै पहिले नै विभिन्न शहरको नगरपालिकाहरुले कानुन बनाएर यसमा प्रतिबन्ध लगाएको थिए । तर त्यो कानुन लागू हुने सकेको थिएन र मानिसहरुले गम्भीर रुपमा पनि लिएका थिएनन् । अब गृह मन्त्रालयले केन्द्रीय अधिनियम अनुसार यसमा प्रतिबन्ध लगाएको हो ।

अब गृह मन्त्रालयले लगाएको प्रतिबन्धको असर देखिने बताइएको छ ।

कैयौँ राज्यले सार्वजनिक ठाउँमा थुक्नेलाई जरिबाना पनि तोकेको छ । मुम्बईमा केही व्यक्तिले सार्वजनिक ठाउँमा थुके एक हजार भारतीय रुपैयाँ जरिबाना तिराइने गरिएको छ । राजधानी दिल्लीमा यसको लागि दुई हजार भारु जरिबाना तोकिएको छ ।

भारतमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म चार सयभन्दा धेरैकाे ज्यान गएकाे छ भने १३ हजारभन्दा धेरैमा सङ्क्रमण भएको छ ।

प्रकाशित मिति : शुक्रबार, बैशाख ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij