काठमाण्डौ
नेपालमा थप एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६५ वर्षीय पुरुषलाई कोरोना सङ्क्रमण भएको जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयले फेसबुकमार्फत यो जानकारी गराएको हो । तर सङ्क्रमित व्यक्तिबारे मन्त्रालयले विस्तृत विवरण दिएको छैन ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सङ्क्रमण पुष्टि भएको तर थप विवरण नआएको उज्यालोलाई जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ ।
प्रकाशित मिति : शनिबार, बैशाख ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्