रुपन्देहीमा कस्तो छ त कोरोना संक्रमण बिरुद्धको तयारी ?

रुपन्देहीमा कस्तो छ त कोरोना संक्रमण बिरुद्धको तयारी ?

कोभिड १९ को संक्रमण फैलिन नदिन गरीएको बन्दाबन्दीको ३४ औं दिनमा छौ । अहिले सम्म देशमा ५२ जनामा कोरोना संक्रमण देखियो । ती मध्ये १६ जना निको भएर घर फर्कीसेकेका छन । विश्वका कतिपय विकसित मुलकहरुले कोभिड १९ बाट ठुलो मानवीय क्षती व्यहोरीरहदा नेपालमा भने बेलैमा सुरु गरीएको संक्रमण नियन्त्रणको प्रयासकै कारण महामारीकै रुप लिन पाएको छैन । कोभिड १९ बिरुद्ध केन्द्र र प्रदेश सरकारसंगै स्थानीय तहहरुबाट बिभिन्न कामहरु भइरहेका छन । रुपन्देहीमा पनि कोरोना संक्रमणका बिरुद्ध बिभिन्न कामहरु भइरहेका छन । कोरोना संक्रमण फैलिन नदिन जिल्लामा भइरहेका काम तथा तयारीका सम्बन्धमा जिल्ला समन्वय समिति रुपन्देही र नागरिक सरोकार अभियानले क्वारेन्टाइन, आइसोलेसन अस्पतालहरुको अनुगमन पनि गरेका छन । यसै सन्दर्भमा जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्मा र कोभिड – १९ नागरिक सरोकार अभियानका संयोजक विनोद पहाडीसंग फूलु सुनारले गरेको कुराकानि:

कोरोना विरुद्ध  अभियानको अनुगमनमा सरकार

 

एक राज विश्वकर्मा: जिल्ला समन्वय समिति रुपन्देही

 

लक डाउनमा जिल्ला समन्वय समितिले के- कस्तो काम गरिरहेको छ ?

यो लकडाउनको समयलाई विशेष गरेर संघीय सरकार र प्रदेश सरकारले गरेका निर्णय निर्देशनलाई पालना गर्ने र गराउने गरि हाम्रो अनुगमन सुरु भएको छ ।

विशेष गरि प्रदेश सरकारले स्थानीय तहमा यो लक डाउनको पालना कसरी भएको छ ।लक डाउनले जनतामा पारेको असर , राहत वितरणमा क्रियाकलापहरु कसरी अगाडि बढेका छन् केन्द्रिय मापदण्ड अनुसार छ कि छैन, त्यस्तै यो महामारी रोक्नको लागि स्वास्थ क्षेत्रका प्रयासहरु के- कसरी अगाडि बढेको छन् ।यसको रोकथाम अन्य बिरामीहरुको पनि उपचार नभएको भन्ने केहि गुनासो छन दुस:ख पाएको कुरा छ त्यस्तै अन्य खालका आपत बिपत परेको भन्ने कुराहरु आएका थिए ।यी केहि कुरामा सत्यता पनि थिए ।त्यसमा विशेष गरेर बिरामी आउने जाने समस्या एम्बुलेन्स संचालनमा आएका छन कि छैनन् सबै कुरा एकमुष्ट रिपोर्ट हामी प्रदेश सरकार र संघीय सरकार र सरोकारवाला संघ सस्थालाई समेत रिपोर्ट पेस गर्ने यसरी प्रदेश सरकारको निर्णय गर्ने गरि विशेष गरेर त्यसमा प्रदेशका सांसद समेतलाई जोडेर अनुगमन गर्ने भन्ने निर्देशन अनुसार हामीले बैशाख ५ गते प्रदेश सभाका सांसदहरु र संघीय सरकारका सांसदहरु समेतलाई बोलाएर बैठक बस्यौं र त्यो बैठकले केहि महत्त्वपूर्ण निर्णयहरु गर्‍यौं ।त्यो निर्णय र प्रदेश सरकारको निर्देशन र संघीय सरकार को निर्णय निर्देशनलाई पालना गर्ने गरि हामीले अनुगमन सुरु गर्‍यौं कतिपय अनुगमनका शिलसिलामा अनुगमन बोर्डर एरियाबाट सिमा क्षेत्रबाट सुरु गर्नुपर्छ किनभने त्यहाँ अझै धेरै समस्या छ भन्ने अनुमान गरेर सिमाका रोहिणि गाउँपालिका बाट सुरु गरेर लगभग ५९ किलोमिटर सिमा क्षेत्रसम्म गरेर त्यहाँ भएका अवस्थाका बारेमा जानकारी लियौं ,

हामीले थप अनुगमनका काम निरन्तर छ ।त्यो सकिए पछि एकमुष्ट प्रतिबेदन हामीले प्रदेश सरकारलाई र संघीय सरकार र अरु सरोकारवाला निकायलाई दिइन्छ ।यो लक डाउनमा पूर्ण पालना गर्ने अन्य सबै कुरामा ध्यान पुर्याएर गराउने सुरक्षित हुने भन्ने गरि अहिले जस्ता काम जिल्ला समन्वय समितिले यो कामका सिलसिलामा प्रतिबेदन पुरा गरेर पेस गरिसकेको र अरु थप अनुगमनका काम अन्तिम अन्तिम चरणमा पुरयाएका छौ ।यो प्रतिबेदन एकमुष्ट पठाउने यसका उदेश्यलाई परिपुर्ति गर्ने गरि सबैलाई सचेत बनाउने र यो लक डाउनमा आउने परिस्थितिमा समेतलाई हेका राखेर हामीले सबै तयारीहरु गरेर जाने भन्ने गरि यो अनुगमनलाई अगाडि बढाएका छौ।

 

 

अनुगमनका क्रममा देखिएको मुख्य समस्या के  के हुन ?

मुख्य समस्या भनेको लक डाउनलाई हामीले जसरी परिपालना गर्नुपर्ने थियो, सामाजिक दुरि कायम गर्नुपर्ने थियो, त्यसमा अनुशासन कम भएको पाइयो त्यस्तै राहत वितरणमा पनि जुन राहतको मर्म थियो चुल्हो नबोल्ने अति बिपन्न श्रमिकहरु खास बिपन्नलाइ वितरण गर्न पर्ने थियो कतिपय गाउँपालिकाले डाटा संकलनमा ध्यान नपुर्‍याएकोले कोही कोहि स्थानमा अलि सम्पन्न परिवारलाई पनि वितरण गरेको पाइयो ।केहि केहि सरकारले पनि स्वास्थ्य लाई चाहिने उपकरणहरु ब्यबस्था गर्ने कुरामा सरकार पक्षमा पनि अलि कमि देखियो ।सरकारले तयारी गर्दै छन पुरा हुने क्रममा पनि छन ।कहिँ -कहिँ  स्वास्थकर्मिलाइ चाहिने सामाग्रीहरु अभाव देखिएको पनि अबस्था हो  आगामी दिनहरूमा तिनै तहको सरकारले ध्यान दिनुपर्छ ।सरकारले स्थानीय तह एकद्वार प्रणाली र जनतासंघ माथिल्लो सरकारले सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई दिने स्थानीय तहलाई चाहिएको केहि धान्न नसक्ने त्यस्ता कुरा सरकार र संघीय सरकारले सहयोग पुराउने जुन  निति बनेको छ ,  तीन तहको समन्वयमा तालमेल गरेर अगाडि बढ्ने कुरामा केहि समस्या छन ।आगामी दिनमा यसको समन्वयकारी  भुमिका जिल्ला समन्वय समितिले गर्नका निम्ती यो कुरा थाहा पाउदा साथ हामीले तत्काल अनुगमन सुरु गरेका हौं  ।

विभिन्न समस्या गुनासो आयो देखियो भन्नुभयो यसलाई सुनुवाइ कसरी गर्नुभयो ?

स्थानीय रूपमा पनि हामीले देखेका स्थानीय सरकारले समाधान गर्न सक्ने कुरालाई तत्काल त्यहीँ सुझाव निर्देशन दिएका छौं ।उहाँहरुले हामीलाई तत्काल सच्चिएर जान्छौं भन्नू भएको छ । अरु कुरा लिखित रूपमा एउटा रिपोर्ट पठाइसक्यों सिमा क्षेत्रका गाउँपालिका जो जो परेका थिए खास गरेर सिद्धार्थनगर नगरपालिका, रोहिणी, मायादेवी , ,समरीमाइ,कोटहीमाइ ,मर्चवार, लुम्बनी सास्कृतिक गाउँपालिकको रिपोर्ट यो छ है परिस्थिति भनेर रिपोर्ट मार्फत बुझाएका छौं । स्थानीय सरकारले प्रदेश सरकार र संघीय सरकारले यहीँ कुरालाई ध्यान पुराएर तपाईंहरूले काम गर्नुपर्छ भन्ने गरि सुझाब सहित रिपोर्ट बुझाइसकेको अबस्था हो ।अर्को रिपोर्ट एक दुई दिन भित्र पुरा गरेर समग्र रिपोर्ट प्रदेश सरकार र संघीय सरकारलाई पेश गर्दछौ।त्यसपछि तिनै तहका सरकारले कहाँ कहाँ ध्यान पुराउन पर्छ लिखित रिपोर्ट हेरिसकेपछी त्यहीँ अनुरुपको काम सबै सरकारले काम अगाडि बढाउने र अबका दिनमा यो लक डाउनलाइ अथवा यो महामारीलाई जित्ने गरि योजना बनाएर अगाडि बढ्नेभन्ने बिश्वास लिइएको छ ।

 सरकारी निकाय बीच समन्वय कस्तो छ ?

यसमा एकदमै सकारात्मक भुमिका छ ।विशेष गरेर सेनाहरु सुरक्षाकर्मीहरु भूमिका अहिले एकदमै राम्रो छ ।शसस्त्र ,पुलिसहरुले जून सिमा क्षेत्रमा खटिनुभएको छ ।सिमा क्षेत्र खुला छ सबै हिसाबले भारत सगं आवत जावतमा समस्या देखियो र भारत मार्फत भित्रिन्छकि भन्ने जुन खालको आसंका गरेका छौ । त्यस्तो अबस्था छैन ।त्यहाँको अबस्था शसस्त्रको टिम एउटाले अर्कोलाई देख्नेगरी ५९ कि.मि. जति त्यो क्षेत्रमा तैनाथ छ । सबै ठाउमा जनतालाई सुरक्षा दिइएको छ। फोर्स लाई सहयोग गर्ने समिति गठन गर्ने , कोहि प्रवेश गरेको छन भने चिनाउने , समातेर समन्धित निकाएमा पुराउने कुरामा अत्यन्त राम्रो समन्वय छ ।स्वास्थ छेत्रमा लाएको साथीहरूले पनि निरन्तर सेवा दिइरहनु भएको छ ।स्वास्थ चौकी खुल्ला छ।बुटवल र भैरहवाका केहि स्थानमा उपचार नभएको उपचार बाट स्वास्थ्यकर्मी तर्किएको भन्ने गुनासो आइरहदा अनुगमन भएका सबै गाउँपालिकामा स्वास्थ सेवा ब्यबस्थित छ ।अन्य रोगका बिरामीहरुको पनि उपचार भएको छ ।क्वारेन्टाइनमा भएका बिरामीहरुको पनि चेकजाँच राम्रो भएको र सबै गाउँपालिका र नगरपालिका बीच राम्रो सम्बन्ध भएको र सेवा पनि राम्रो भएको पाइएको छ ।

सिमानाकाबाट मानिसहरु आउने क्रम रोकिएको हो?

रोकिएको छ यसमा हामी प्रत्यक्ष रूपमा अनुगमन क्रममा कतिपय ठाखमा गाडीमा कतिपय ठाँउमा पैदलनै अनुगमन गरेका छौ ।बाहिर हल्ला चलेको जस्तो सिमानाका बाट प्रवेश गरेको देखिदैन ।कतिपय यस्ता पनि ठाँउ छन एता नेपाली उता भारत केहि सहयोग माग्नु पर्यो भने बोलाउदा सुनिने त्यति नजीकको दुरि छ, त्यसमा यता को उता र उताको एता हुनु एक पक्ष हो । मान्छे खुला नाका बाट प्रवेश गर्ने कुरा  असम्भव छ ।सेनालाई सहयोग गर्ने टिम बनाइएको छ ।त्यहाँका जनप्रतिनिधि पनि लाग्नुभएको छ ।उहाँहरु सक्रिय रूपमा लाग्नुभएको छ ।सेना पुलिस शसस्त्र आफै सचेत छ यो चर्को घाममा पनि अहोरात्र १८ घण्टा खटिनुभएको छ ।

अहिले कोरोना भाइरसका कारण आम मानिस त्रसित छ्न्  यस्तो अवस्थामा जनतालाई उच्च मनोबल बनाउन तपाईंको सन्देश के छ ?

हाम्रो प्रयत्न सकेसम्म यो महामारी बाट बच्ने कुरामा लक डाउननै एक मात्र उपाय हो , यसलाई परिपालना गर्न गराउने कुरा यसले निर्देश गरेको कुरामा हामी अनुशासन भित्र रहेर हाम्रा क्रियाकलाप गर्यौ भने यो रोग बाट वच्न सक्ने पहिलो खुड्किलो हो । हामी यति बेला संकटको अवस्थामा छौँ । लकडाउनलाई पालन गरे मात्र पनि हामी बाँच्छौँ र अरुलाई पनि बचाउँछौँ ।

कोरोना विरुद्ध नागरिक समाज

‘कोभिड-१९ नागरिक सरोकार अभियान’संयोजक: विनोद पहाडी

कोभिड – १९ नागरिक सरोकार अभियान’ गठन गर्नु आवश्यकता  महसुस कसरी भयो ?

कोरोना भाइरसका महामारीका कारण विश्व संकटमा छ, यससंगै  नेपालीहरु संकटमा छौ. मुलुक लक डाउनमा छ । लक डाउनका बेला सम्पुर्ण क्षेत्र बन्द भएको कारणले नागरिकहरु समस्यामा छन । नागरिकहरु समस्यामा भएको बेला राज्यको तर्फबाट नागरिकलाइ दिनुपर्ने सेवाहरु आम नागरिकले प्राप्त गर्न सके वा सकेनन यो कुराको अध्ययन अनुगमन गर्न र सरकारको ध्यान आकर्षण गर्न नागरिक समाजको दायित्व हो त्यसैले पनि हामिले यो दायित्व पुरा गर्नको लागि (कोभिड – १९ नागरिक सरोकार अभियान-को सुरुवात गरेका हौ ।

सरकारी निकायहरु केन्द्रिय  सरकार ,प्रदेश सरकार र स्थानिय सरकारको तर्फबाट केहि पहल भइरहेका छन र ति पहलहरु हुदाहुदै पनि निम्न आय भएका मजदुर गरिब जनताहरु रोगले भन्दा पनि भोकले मर्ने अबस्था जनतालाई कसरी सुरक्षित गराउन सकिन्छ र राज्यको उपस्थिति कसरी हुन सक्छ ।

यो अबस्थामा  नागरिक समाजको तर्फबाट पनि यो बेला काम गर्न पर्दछ ।मुलुक एकजुट भएर यो महामारीको बिरुद्ध संसार लडिरहेको बेला हामि नेपाली पनि लड्नुपर्छ र रक्षा गर्नुपर्छ भन्ने मुख्य उद्देश्य हो ।राहत सम्बन्धित ठाउमा पुग्योकि पुगेन भन्ने पनि हाम्रो सरकारको विषय हो ।यो संगसंगै कोरोना केन्द्रित राज्य र राज्यका सबै अंगहरु यो बेला अन्य रोगीहरु उपचार नपाएर मर्ने स्थिति तर्फ राज्यको ध्यान पुगेको देखेनौ ।

खासगरी प्रादेशिक अस्पतालको ओपिडि सेवा बन्द,जिल्ला अस्पतालहरुको सेवा बन्द छ ,निजि क्षेत्रका अस्पतालहरुको ओपिडि सेवा बन्द छ, अथवा नियमित चेकअप जुन डक्टरहरुले गर्नुहुन्थ्यो त्यो बन्द छ ।कोरोनाका कारणले अन्य नागरिकहरुले अकालमा ज्यान गुमाउनु पर्ने जुन भय र त्रास देख्यौ त्यो अबस्थाबाट जनतालाइ कसरी जोगाउने स्वास्थ्यकर्मी र जनताबिचको सम्बन्धलाइ मजबुद कसरी बनाउने अहिले कोहि मान्छेलाइ ज्वरो आयो वा कोहि दिर्घ रोगी छ भने त्यो डक्टरसंग जाने अबस्था छैन र डक्टरहरुले सेवा दिइरहेका छैनन ।

अब मान्छेले बाच्न पाउने अधिकार  खोसिदै छ एकातर्फ बचाउनको लागी राज्य कसरत गर्दै छ ,अको तर्फ निजि क्षेत्रका स्वास्थ्य संस्थाहरु तला लगाएर बसेका छन ।यो दुखको बेला निजि क्षेत्रको स्वास्थ्य संस्थाले ताला लगाए्रर बस्न पाउदैन भन्ने हाम्रो मान्यता  हो । स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाइ कुन प्रकारको उपकरण चाहिने हो उहाहरुको जिवन रक्षा हुनुपर्छ,त्यस संगसंगै नागरिकको पनि जिवन रक्षा हुनुपर्छ ,मान्छेको बाच्न पाउने अकिार सुरक्षित हुनुपर्छ ।केन्द्रिय सरकारको स्वास्थ्य मन्त्रालय,प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय स्थानिय सरकारको स्वास्थ्य निकायहरु किन बोलिरहेका छैनन ।यो हाम्रो चासो र चिन्ताको विषय हो ।त्यसकारण पनि हामीले प्रदेश ५ का १२ जिल्लाका सम्पुर्ण मानवअधिकारकर्मी ,संचारकर्मी राजनीतिक ब्यक्तीत्व,उद्योगी व्यवसायि साथीहरुको बीचमा हामीले कन्फ्रेन्स कल मिटिङ गर्‍यौ ।बुटवलमा उपलब्ध हुन सक्ने विभिन्न जिल्लाका साथीहरु संग  सरकारले गरेको लक डाउनको पालना गर्दै, सामाजिक दूरि कायम गरि बैठक बस्यौ र निश्ति अवधारण बनायौ ।यो काम आरम्भ गरेका छौ ,मान्छेलाइ उद्धार गर्ने ,मानवीय सेवा गर्ने हाम्रो प्रमुख लक्ष हो ।

कोरोना विरुद्ध सरकारले  काम गरिरहेको छ ,यो अभियाननै किन आवश्यकता भयो? अभियानले गर्ने काम सरकारले गर्ने काममा फरक के छ ?

सरकारले गरिरहेको कामलाई अझ प्रभावकारी बनाउने र प्रत्यक्ष जनतासंग जोड्ने एउटा उद्देश्य हो ,सरकारले गरेको कामहरु छन सरकारले कामनै गरेको छैन भनेर गालि गर्न चाहन्नौ ,सरकारले केन्द्रिय सरकारले केहि काम गरिरहेको छ,त्यस कारणले मुलुकमा कोरोना नियन्त्रण गर्ने काममा सरकारले सक्षमता हासिल गरिरहेको छ,प्रदेश सरकार र  स्थानिय सरकारहरुले पनि काम गरिरहेका छन ।

गरिरेको काम प्रयाप्त छैनन, अझ बढि गर्नुपर्छ नागरिकहरुको परिचालन गर्नुपर्छ ।सरकारले लकडाउन भनेको छ बुद्धिजीवीहरु ढोका लगाएर बस्ने ,स्वास्थ्यकर्मीहरु ढोका लगाएर बस्ने नागरिकको रक्षा कसले गर्छ ।सामाजिक दुरी कायम गरेर जनतालाइ सचेत गराउने,सुचनाहरु आदान- प्रदान गर्ने भोका नाङ्गो जनता जसको घरमा चुलो बलेको छैन त्यस्ता जनताको चुलो बाल्ने दायित्व हो ।

आफूमात्र बाच्नु ठुलो कुरा होइन ,आफू संगै अरुलाइ पनि बचाउनु पर्छ भन्ने उद्देश्यले हामीले काम गरेका हौ ।सरकारले आम संचारको माध्यम परिचालन गरेको छ,सेना परिचालन गरेको छ,सशत्र प्रहरी परिचालन गरेको छ,पुलिस परिचालन गरेको छ त्यो हुदाहुदै पनि राज्यका आफ्नै निकायहरु जुन राज्य सत्तामा राजनीतिक पार्टीका पदाधिकारीहरु बाहिर निस्किनुभएको छैन,राजनीतिक पार्टीका कार्यकर्ता बाहिर निस्केका छैनन,सबै भयवित छन यो संकटमा बाहिर निस्केर केहि हुदैन है बाहिर निस्किएर न्यूनतम काम गर्नुपर्छ ,आफु पनि जोगिने अरुलाई पनि जोगाउने दायित्व पुरा गर्नुपर्दछ ।

मानविय मुल्य मान्यता आधारमा अरुलाइ पनि बचाउन कोशिष गर्नुपर्दछ।यसरी हामी धेरै साथीहरुको बिचमा छलफल बहस गरिसकेपछि यो आवश्यकता ठान्यौ हामीले कम्तीमा देशभरि सकिन्छ देशभरि गरौ नसकेका प्रदेशमा गरौ,जील्लामा गरौ,गाउँगाउँमा,नगरमा   गरौ ।जति सकिन्छ एक जनाको मात्रै जिबन रक्षा गर्न सक्यौ भने पनि त्यो एउटा उपलब्धि हुन्छ। भन्ने उद्देश्यले हामीले काम गरिरहेका हौ सरकारले गरेको काममा सरकारलाई सहयोग गर्ने खालका ,सरकारले पनि हामी जस्तो नागरिकबाट सहयोग गर्नुपर्छ भन्ने लाग्छ,हामीले कहालीलाग्दो अबस्था देख्यौ।

देशका बिभिन्न स्थानबाट मजदुरी गर्न हिडेका  ,निमार्ण श्रमिकहरु कालिकोटका नागरिकहरु भेोजपुरबाट हिडेर  कालिकोट पुगे सिन्धुपाल्चोबाट हिडेर सयौ किलोमिटर पार गरेर दैलेख पुगे, जुम्ला पुगे ,डडेलधुरा पुगे त्यहाँ सरकार देखिएन त्यहाँ नागरिक समाजले विभिन्न ठाउमा आफ्नो बलबुताले भ्याए अनुसार जुत्ता ,कपडा,खाजा, पानी उपलब्ध गराए तर राज्यले उपयुक्त समयमा  उचित निर्णय गरि गन्तब्यमा पुराउनुपथ्र्यो या उनीहरु ज हाँ छन त्यहाँ बस्ने व्यबस्था गर्नुपर्दथ्यो त्यो नगरेको कारणले हजारौं हजार नागरिकहरुले दुख पाए।सडकमा औषधी उपचार पाएनन ,यो पिडा छ र अहिले पनि त्यो समस्या छ. आइतबार २ ट्रक मान्छे हामीले बुटवलको पाखापानीबाट बर्दिया पठाएका छौ ।ट्कमा हिड्नुपर्ने बिडम्बना हामीले जसलाइ जोगाउन खोज्दैछौ  एक जनाको ज्यान जोगाउदा अरु सय जनाको मृत्यु भयो भने के हुन्छ? सवारीसाधन नपाएको कारणले खसि बोका जस्तै खादिएर ट्रकमार्फत बर्दिया गएको अबस्था हो ।

त्यो पिडादायी स्थिति छ यस्तो स्थिति साम्य गर्न सरकारले समन्वय गनुपर्छ। हामी नागरिकहरुले कहाँबाट भुमिका खेल्नुपर्छ ,कुन संघसंस्थालाइ परिचालन गर्ने ,कुन एनजिओ चाहिन्छ सरकारले त्यसलाइ किन परिचालन नगर्ने दुखको बेला लकडाउन भनेर सबैलाइ  ढोका बन्द गर भन्ने अनि मजदुरहरुलाइ सडकमा मर्न दिने त्यो चाहि मानवियता हुन सक्दैन ।नेपालको अबस्था त्यस्तो डरलाग्दो भयबित छैन यो बेला सडकमा उत्रिएर आफुपनि जोगिएर मानविय सेवा गनुपर्दछ ।

हाम्रो बिचमा समन्वय गरेर सुचना आदन प्रदान गरेर काम गरिरहेका छौ्  र बिरामिहरुलाइ कसरी स्वास्थ्य संस्था सग जोड्ने र जीबन रक्षा गर्ने कोरोनाको त्रास संगै कोरोना बाट जोगाउन कोशिस  गर्दा अन्य बिरामीले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले कम्तीमा राज्यलाइ घचघचाउने ,निजी क्षेत्रलाइ घचघच्याउने काम गरिरहेका छौ ।सरकारले गरेन भन्ने होइन ,सरकारले गरेको कामलाइ अझ प्रभावकारी बनाउनुपर्छ भनेर सचेत नागरिकको भुमिका खेलेका छौ ।

कोभिड – १९ नागरिक सरोकार अभियानले कहिले सम्म काम गर्छ ?

यो कोरोना महामारी बिरुद्ध लड्न र लकडाउन र लकडाउन खोलीसकेपछि एक चरणमा नागरिकहरुमा समस्या आउन सक्दछ ति समस्याहरुलाइ समाधान गर्न हामी सहज बन्न सक्छौ समन्वयकर्ता बन्न सक्छौ ,सहयोगी बन्न सक्छौ भन्ने उद्देश्यले काम गरेका हौ लकडाउन खुलिसकेपछी सहज जीबनमा नागरिक फर्किसकेपछि यसलाइ पनि औपचारिक हिसाबले बिघटन गर्छौ र अन्य ढंगले सेवामा लाग्ने कुरा नागरिकको स्वतन्त्रताको कुरा भयो ।

सरकारसंगको समन्वय कसरी गर्नुभएको ?

अहिले हामी १२ जील्लाका प्रमुख अधिकारीसंग जील्लाको अबस्था के हो भन्ने बारे हरेक दिन जील्लाका साथीहरुले परामर्श गनुभएको छ ।म लगायत अरु साथीहरुले पनि समन्वय गरिरहनुभएको छ।हरेक जील्लाका सुरक्षा अधिकारीसंग समन्वय गर्छौ। जहाँ समस्य देख्छौ यस्तो समस्या देखियो कसरी समाधान गर्ने भनि छलफल गर्छौ जस्तो हिजो बर्दियामा एक जनाको मृत्यु भयो उहाँहरुको आफन्त बुटवल हुनुहुन्थ्यो उहाहरुलाइ बुटवल पुग्नपर्ने थियो ।कसरी पुग्ने भन्ने समस्या थियो ।पास कहाँ गएर बनाउने भन्ने  सुचनाको अभाव थियो ।  २ परिवारलाई बर्दिया पुराउन सफल भएका छौ ।

२ परिवारलाइ प्युठान  पुराउन सफल भयौ ।केहि परिवारलाइ डडेलधुरा र कैलाली पुराउन सक्यौ ।यसरी विभिन्न ठाउमा समन्वय गरेर पठाउने काम गरेका छौ ।नागरिकको समस्या संग जोड्ने र तत्काल राहत दिने उद्देश्यले काम गरिरहेका छौ ।आम मानिसहरु समस्यामा छन यस अबस्थामा मुखदर्शक भएर बस्न हुन्न भनेर  ,भावना मिल्ने साथीहरु राजनितीक आस्थाको हिसाबले बिभिन्न राजनितीक आस्थाका छौ , विभिन्न धार्मिक आस्थाका छौ हामी यो बेला सबै एक भएर काम गरिरहेका छौ ।जात धर्म बिपत्तीको बेला  एक भएर  यो बैला मानविय हिसवले सहयोग गर्नुपर्छ र मानवतानै ठुलो कुरा हो मानव जीवन रक्षाका लागि हामी लाग्नुपर्छ ।

 अभियानका योजनाहरु हरु के-के छन ?

दुख पिडामा भएका लागरिकहरुलाइ कसरी मुक्त गर्ने भन्ने बारे नै हो त्यस्तै अहिले मजदुर सडकहरुमा हिडिरहेका छन उनिहरुलाइ कसरी कुन माध्यमबाट गन्तब्यमा पुराउन सकिन्छ भन्ने छ, त्यस्तै उनिहरुको स्वास्थ्य उपचार नपाएर घर -घरमा बसिरहेका नागरिकहरुलाइ स्वास्थ्य निकाय सम्म पुग्न उपाय के हुन सक्छ  उनिहरुको जीबन रक्षा गर्न  गर्न सकिन्छ भन्ने बारे हामी एक माध्यम बन्छौ ,सम्बन्धीत निकाय सम्म पुराउने काम गर्छौर कसैको घर चुलो बलेन ,राहत पुगेन राहत पुराउन हामीले खेल्नुपर्ने भुमिका  हाम्रो रहने छ ।

पिडित संग हामी छौ भन्ने महसुस गराउन चाहान्छौ ।संचारमाध्यमका आधारमा सामाजिक संजालका आधारमा स्वतस्फुर्त ढगंले हामी अभियानमा लागेका छौ अन्य साथीहरुलाइ पनि यो अभियानमा जसरी काम गरेका छौ त्यसरी काममा उत्रिएर आफू पनि सुरक्षित रहन र सरकारलाइ पनि सहयोग गर्न र नागरिकलाइ पनि सहयोग गर्नको लागि म अनुरोध गर्दछु ।

 

 

 

प्रकाशित मिति : सोमबार, बैशाख १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij