नेपाल सरकारद्धारा नेपाली भूमिमा भइरहेका कुनै पनि गतिविधि नगर्न भारत सरकारलाई आग्रह

नेपाल सरकारद्धारा नेपाली भूमिमा भइरहेका कुनै पनि गतिविधि नगर्न भारत सरकारलाई आग्रह

काठमाडौं ।
नेपाल सरकारले नेपाली भूमिमा भइरहेका कुनै पनि गतिविधि नगर्न भारत सरकारलाई आग्रह गरेको छ । भारतले शुक्रबार नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने लिंक रोडको उद्‌घाटन गरेपछि नेपाल सरकारले शनिबार एक विज्ञप्ति जारी गर्दै भारत सरकालाई नेपाली भूमिभित्र कुनै पनि गतिविधि नगर्न आग्रह गरेको हो ।
भारतीय रक्षा मन्त्री राजनाथ सिंहले शुक्रबार राजधानी नयाँ दिल्लीबाट भिडियो कन्फरेन्समार्फत पिथौरागढ(लिपुलेक हुँदै मानसरोवर जाने बाटोको उद्‌घाटन गरेका थिए ।
यसको विरोधमा प्रदर्शनहरु हुन थालेपछि परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिजारी गर्दै भनेको छ, ूभारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर शुक्रबार उद्घाटन गरेको कुरा थाहा पाउँदा दुःख लागेको छ ।ू
नेपालले सन् १८१६ कै सुगौली सन्धिअनुसार गतिविधि गरिरहेकोले एकलौटीरुपमा उक्त क्षेत्रमा कुनै गतिविधि नगर्न परराष्ट्र आग्रह गरेको छ ।

परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ूनेपाल सरकारले सुगौली सन्धी ९सन् १८१६० अनुसार आफ्ना गतिविधि गर्दै आएको छ । पूर्वमा काली महाकाली नदी यताका सम्पूर्ण भूभागहरु लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका भूभाग हुन् । यस विषयमा नेपाल सरकारले केही पहिले र हालै सन् २०१९ नोभेम्बर २० मा पनि भारत सरकारलाई कुटनीतिक नोटमार्फत् सम्बोधन गर्दै आएको छ ।ू
३ नोभेम्बर २०१९ मा कालापानी, लिपुलेक र लिम्पिया धुरा समेतटेर आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : शनिबार, बैशाख २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij