बुटवल-नेपालमा चलचित्र पत्रकार संघ गठन भएको २१ वर्ष पुगेको छ । हरेक महिना ज्येष्ठ ७ गतेलाई स्थापनाको दिन पारेर चलचित्र पत्रकार दिवस मनाउँदै आएका छौँ ।
२१ वर्षअघि भरत शाक्यको अध्यक्षतामा गठन भएको यो संघको छाता मुनी अहिलेसम्म आइपुग्दा थुप्रै पत्रकारहरू यसमा आबद्ध हुनुहुन्छ । संस्थापक अध्यक्ष भरत शाक्य हुँदै विदुर गिरी शान्तिप्रिय, सन्दिप सापकोटाले अगाडि बढाउनुभएको यो संघ अहिले दिनेश सिटौलाको नेतृत्वमा रहेको छ । मोफसलमा बुटवल, दाङ, चितवन, हेटौडा, नेपालगंज पोखरालगायतका पूर्व देखि पश्चिमसम्म चलचित्र पत्रकार संघ सकृय छ ।
नेपाली चलचित्र क्षेत्रको विषयमा लेख्ने पत्रकारहरु लाई एउटा उल्लासमय दिन हो जेठ ७ गतेको चलचित्र पत्रकारिता दिवस जहाँ रहेर चलचित्र पत्रकारिता गर्नेहरूले उल्लासमय तरिकाले मनाउने गर्दथे तर यसपाली भने विश्वभर फैलिएको कोरोना महामारीले गर्दा चलचित्र क्षेत्रको सबै काम ठप्प भएको कारणले गर्दा चलचित्र पत्रकारहरुले पनि यो दिनलाई उल्लासमय तरिकाले मनाउन सकेनन ।यसरी नेपालका बिभिन्न स्थानहरुमा चलचित्र पत्रकार संघले भेला आयोजना गर्दै चलचित्र पत्रकारितामा योगदान दिएका पत्रकारहरुलाई सम्मान र अभिनन्दन गर्ने क्रम रहेकोमा यस वर्षको लकडाउन र कोरोना त्रासका बिच संघले कुनैपनि औपचारिक कार्यक्रम गरेन ।
चलचित्र पत्रकार संघ रुपन्देहीका सचिव मोहन न्यौपाने चलचित्र पत्रकारको चलचित्र क्षेत्रमा लेख्ने पत्रकार हरु जसले निकै चलचित्रका कुराहरु लेख्ने गर्नु हुन्थयो पछिल्लो समय सबै चलचित्र क्षेत्र ठप्प भैरहेको अवस्थामा उहाँहरूले अहिले लक डाउन कसरि मनाउँदै हुनुहुन्छ त्यसैगरी चलचित्रको अबको योजना हरुको विषयमा संभाव्यताका विषयमा ,समस्या चुनौतीका विषयमा ,कलाकारहरुसँग कुराकानी गर्ने त्यही अनुसार छाप्ने आफ्नो अनलाइनहरुमा, पत्रिकाहरुमा त्यस सम्बन्धी मात्र कुरा भैरहेको बताउनुभयो। चलचित्र पत्रकारितामा जसजसले कलम चलाउनु हुन्छ उहाँहरूले चाहिँ अबको चलचित्रको क्षेत्र कसरी अगाडि बढ्ने छ भन्ने कुराको पनि अनुमान लगाइसक्नु भएको छ। यो अवस्थामा अबको १ वर्ष सम्म चलचित्र क्षेत्रलाई अझै माथि उकास्नको लागि निकै मेहनत गर्नु पर्ने आवश्यकता छ ।
कोभिट १९ ले बिश्वलाईनै असर गरेको अबस्थामा विश्व रंगमंचलाई पनि असर गरेको छ।अहिले नेपाली चलचित्र नेपाली कलाकार सम्पुर्ण रगंकर्मि ठप्प छन
यसले गर्दा अर्थतन्त्र धाराशायी भएको छ ।कुनैपनि बेला कहिले पनि नरोकिएको यो क्षेत्र रोकिएको छ, कलाकार रङ्गकर्मी सबै निष्क्रिय जस्तै भएका छन् ।चलचित्र पत्रकार दिवसमा बिगतमा हामीले पुरस्कर वितरण गर्ने लगायत विभिन्न रचनात्मक कार्यक्रम गर्ने गरेकोमा यसपाली कुनैपनी कार्यक्रम गरेका छैनौ केन्द्रले पनि पुरस्कार वितरण स्थगित गरेको छ ।अहिले यो महामारीको अबस्थामा चलचित्रकर्मी विभिन्न हल लगायत सम्पूर्ण चलचित्र क्षेत्रत्र प्रभावित भएको चलचित्र पत्रकार संघ रुपन्देहिका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो ।
चलचित्र पत्रकारिताको यो २१ विभिन्न किशिमका समस्या तथा केहि सकरात्मक पाटो हरु छन। अहिले यो पेसा विभिन्न अवसर र चुनौतीको बीचबाट गुज्रिरहेको छ । अझै पनि यो क्षेत्रमा लागेका पत्रकारहरूको व्यवसायिक हुन नसकेको देखिन्छ । रहर र लहलहैमा यो क्षेत्रमा आएका केही छन् भने यसै क्षेत्रमा केही उल्लेखनीय काम गरौँ भन्नेको संख्या पनि चलचित्र पत्रकारितामा राम्रै रहेको छ ।
व्यावसायिक चलचित्र पत्रकारले सङ्गठित हुनुपर्ने आवश्यकता महसुस गरेपछि २०५६ सालमा पेशागत सङ्गठनको रूपमा नेपालभरका चलचित्र पत्रकारहरूको छाता सङगठन ‘चलचित्र पत्रकार संघुको स्थापना भएको थियो ।
दिवसको अवसरमा चलचित्र पत्रकार संघ नेपालले पहिलोपटक डिजिटल माध्यमबाट स्थापना दिवस तथा बार्षिकोत्सव कार्यक्रमको आयोजना गरेको छ । कोरोना भाइरसले संसारभर महामारीको रुप लिएपछि धेरै देशहरु लकडाउनमा छन् । नेपाल पनि कोरोना कहरबीच लकडाउनमा छ । बाहिर निस्कनु निकै जोखिमपूर्ण छ । त्यसकारण पनि पत्रकारहरु समेत अत्यावश्यक सेवा बाहेक अरु समय आ-आफ्नो घरबाटै काम गरिरहेका छन् । लकडाउनका बीच पनि डिजिटल माध्यमको प्रयोग गर्दै आ-आफ्नो घरबाटै सम्पूर्ण सदस्यहरुसँग शूभकामना आदान-प्रदान गरि स्थापना दिवस तथा बार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष दिनेश सिटौलाले बताउनुभयो ।स्थापना दिवसको अवसरमा प्रदान गरिँदै आएको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार कार्यक्रम कोरोना माहामारीको कारण हाललाई स्थगित गरिएको छ।
नेपाली चलचित्र क्षेत्रले राम्रो आर्थिक आम्दानि गरिरहेको बेला महामारीको सन्त्रासले गर्दा विश्व संगै चलचित्र क्षेत्र मात्र नभयर प्राबिधिकहरु , निर्देशनहरु , निर्माताहरु लगायत कलाकारहरु समेत यसको मारमा परेका छन बर्तमान समयमा चलचित्रलाइ पनि असर गरेको छ, र यो क्षेत्र पुर्ण रुपमा ठप्प रहेको छ ।कारोना भाइरसको कारणले नेपाली चलचित्र क्षेत्रमा कार्यरत सबेलाइनै पुर्ण रुपमा असर परेको छ चलचित्र निर्माणको क्षेत्रमा त प्राबिधिक कलाकारहरु दैनिक ज्यालादारिको रुपमा कार्य गर्ने गर्दछन ,यस्तो अबस्थामा विषेस गरेर प्राबिधिकहरु लगायतलाइ अत्यन्तै असर परेको बताउनुहुन्छ,नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय,साथै उहाले चलचित्र प्राबिधिक संघले प्राबिधिकहरुलाई राहत बितरण गरेको भए पनि यो अस्थामा जिवनयापन गर्न कठिन रहेको बताउदै ,यो मनोरन्जनको क्षेत्र भएको हुनाले यो कठिन अबस्था बाट हामिले पार पाए पनि केहि समय आफ्नो लयमा पुग्न समय लाग्ने बताउनुभयो,साथै उहाले कोरोना भाइरस जहा भिडभाड गर्न हुदैन चलचित्र घरहरुमा जति भिड हुन्छ त्यति राम्रो मान्ने अबस्थामा भिडमा जान जान डराउने अबस्था सृजना भएको हुदा यो कोरोना भाइरसको महामारी बाट चलचित्रघरहरुलाइ असर पर्ने र चलचित्र क्षेत्र संग सरोकार राख्ने सम्पुर्णलाइ असर पर्ने हुदा यो महामारिले चलचित्र क्षेत्रलाइ ठुलो असर परेको बताउनुभयो।
रंगमंञ्चको दुनिँयाको रगिंन खबरहरुप्रति सबैजनालाई अभिरुची र जिज्ञासा रहन्छ, यी खबरहरु भेला पार्न, प्रकशन प्रसारण गर्न चलचित्र पत्रकारहरुको ठूलो भूमिका रहन्छ । कलाकारहरुका बास्तविक जीवनका घटना, फिल्मका रोल देखि अन्य अनेक खबर र अपडेटहरु यिनै पत्रकारहरुको अनवरत कसरत र जुझारुपनाको उपज हो रंगमञ्च उदाइरहन र चलचित्र फष्टाइरहन यि पत्रकारहरुको अनवरत सहभागीता चाहिन्छ, चलचित्र पत्रकारिता दिवसको सबैमा शुभकामना ।
प्रकाशित मिति : बुधबार, जेष्ठ ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्