निकै लामो समयदेखि
परेड खेलिरहेको
मेरो घरको आगनको छेउँ
कागजी लालपुर्जामा भए पनि
समेटिएको छ अहिले
यसलाई राम्रो काम भन्दा हुन्छ ।
देश आक्रान्त छ यतिबेला
फर्किरहेका छन् अथवा
फर्किने तरखरमा छन्
देश विदेश छरिएका
दाजुभाइ दिदीबहिनीहरू
कोरोना महामारी सिर्जिएको
महाबिपतबाट आहात हुँदै
सिमानामा टाँगिएका पालहरूमा
छटपटाइरहेका छन्
भोकप्यासले आक्रान्त भएर
यस विशम परिस्थितिमा पनि
ज्यानको प्रवाह नगरी
डाक्टर नर्सहरू अहोरात्र खटिएका छन्
यो एउटा राम्रो काम ।
चेत पलाएको छ सबैमा
खोस्रिनु पर्दो रहेछ खरिया
उमार्नु पर्दो रहेछ करेसाबारीमा तरकारी
त्याग्नु पर्दो रहेछ पडोषीको ठेलाको सब्जी
चलाउनु पर्दो रहेछ हलो
र फोर्नु पर्दो रहेछ बाँझो बारी
कुनाकाप्चा गमलामा समेत
सकिदोरहेछ उमार्न
अतिपिरो अकबरी खुर्सानी
आजकाल देखिन थालिएको छ
धेरै जसोको हातमा कुटोकोदालो
रोप्न थालेका छन्
धनिया, लौका र करेला
यो एउटा राम्रो काम ।
प्रकाशित मिति : शनिबार, जेष्ठ १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्