रौतहटमा कोरोना संक्रमितको सख्या ४ सय ७४ पुग्यो

रौतहटमा कोरोना संक्रमितको सख्या ४ सय ७४ पुग्यो

 

रौतहट,  । रौतहटमा आज ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको सख्या ४ सय ७४ पुगेको छ ।

आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएका नेपालीहरु रहेका छन् । संक्रमितहरु मध्ये गौर नगरपालिकाका २३ जना, राजपुर नगरपालिकाकाका १४ जना, इशनाथ नगपालिकाका १४ जना तथा कटहरिया नगरपालिकाका २ जना रहेका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई जिल्लाका विभिन्न स्थानमा रहेका आइसोलेसनमा लगेर उपचार गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बुधबार दिउँसोसम्म जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टिनमा ७ हजार ९ सय ५५ जना रहेका छन् । जसमध्ये ७ हजार ६ सय ३ पुरुष र ३ सय ५२ महिला रहेका छन् ।

त्यसैगरी क्वारेन्टाइनबाट घर फर्कनेको संख्या २ हजार ८ सय ४० रहेको छ । जिल्लामा अझैपनि ६ हजार बढीको स्वाव परीक्षणको रिर्पोट आउन बाँकी रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । जिल्लामा भारतबाट आउने क्रम अझैपनि जारी रहेको छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij