प्रदेश १ मा ३०० नजिक कोरोना संक्रमितको संख्या

प्रदेश १ मा ३०० नजिक कोरोना संक्रमितको संख्या

 विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या तीनसय नजिक पुगेको छ । बुधबार १४ मा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या तीनसय नजिक पुगेको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार दिउँसोसम्म कोरोना संक्रमितको संख्या २९६ पुगेको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार बुधबार मोरङमा ८ जना, झापामा पाँचजना र उदयपुरमा १ जनामा संक्रमण देखिएको हो ।

मोरङका संक्रमित रतुवामाई नगरपालिकाको सौठा र इटहरा क्वारेन्टाइनमा बसिरहेकाहरु हुन ।

झापाको मेचिनगर नगरपालिकामा १ जना, कनकाई नगरपालिकामा ३ जना र गौरादह नगरपालिकामा १ जना संक्रमण देखिएको हो । गौरादहका संक्रमित महिला हुन् ।

उदयपुरको उदयपुरगढी गाउँपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको हो ।

उनीहरुको विराटनगरको कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

थप ६ जना घर फर्किए

प्रदेश १ का कोरोना जितेर घर फर्किनेको संख्या १२५ पुगेको छ । मंगलबार कोसी अस्पताल विराटनगरबाट ६ जना डिस्चार्ज भएसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १२५ पुगेको हो । मंगलबार नै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १९ जनाले कोरोना जितेका थिए । कोरोना जित्नेहरु मध्ये १० जना महिला छन् ।

संक्रमितहरुलाई कोसी अस्पताल कोभिड(१९ उपचार केन्द्र विराटनगर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजमा राखिएको छ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij