किर्तिपुर– नेपाल राष्ट्रिय उत्पिडित विद्यार्थी संगठन र अनेरास्ववियू उत्पिडित राष्ट्रिय कमिटीको संयुक्त आयोजनामा रुकुम नरसंहार र जातिय विभेदका विरुद्ध आज किर्तिपुर को लोकतान्त्रिक चोकमा सडक कविता वाचन मार्फत साङ्केतिक विरोध कार्यक्रम सहभागि दुई कविलाई प्रहरीले प्रकाउ गरेको छ । सामाजिक न्याय र समानता माग गर्दै कविता मार्फत चेतनाको विकास गर्ने हेतुले सो कार्यक्रम गरिएको नेराविसका सह– संयोजक तथा सोही कार्यक्रम का संयोजक रवि सेन्चुरी ले बताए कार्यक्रमको बारे मा प्रकाश पार्दै चेतनामा प्रहार नगरि परिवर्तन सम्भव नभएको र अब साँस्कृतिक रुपान्तरण बिना दलित मुक्ति सम्भव नभएको त्यसकालागि कवि, लेखकको महत्वपुर्ण भुमिका रहने बताए तर जुन रुपमा प्रहरीले कविहरुलाई प्रकाउ गरेको छ त्यस प्रति घोर भ्रसना गरे ।

कार्यक्रममा उन्मुक्त पुस्ताका कवि केवल विनावीले कविता मार्फत जातिय उत्पीडन ले बर्षौ देखि हेपिएका सुमदायले नै यस समाज लाई सबै भन्दा बढि योगदान दिएको तर त्यहिं समुदायलाई नै यश समाज ले चिन्न नसकेको उनको भनाई थियो । कार्यक्रम मा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब रेम विश्वकर्मा ले रुकुम नरसंहार का पिडितले न्याय नपाए सम्म दलित समुदाय चुप लागेर नबस्ने न्याय दिलाउन को लागि जस्तो सुकै आन्दोलन गर्न तयार रहेको बताए । कार्यक्रम मा कवि हरु प्रकाश गुरागाईँ , शुसिल विके , सौरभ कार्की , कल्पना सुनार , सरोजदिलु विश्वकर्मा , छम गुरुङ , चक्रमान विश्वकर्मा , रिवन मगराति , भरत सिंह धामी “लिपुलेक” , प्रकाश भुजेल , दिपा नेपाली , उषा किरण , सुदन दर्नाल ले जातिय व्यवस्था र रुकुम घटनाका सन्दर्भमा लेखिएका परिवर्तनकारी र जुझारु कविता हरु वाचन गरेका थिए । कार्यक्रम को संचालन गर्दै अनेरास्ववियू उत्पिडित राष्ट्रिय कमिटी का उपाध्यक्ष रामलाल राजवंशी वि के ले भारतीय पत्रकार रविश कुमारको भनाई लाई उद्वत गर्दै सक्छौं मैदान मा बोल , सक्छौ सडक मा बोल, सक्छौ गल्लीमा बोल , त्यहां पनि सक्दैनौं घरमा बोल, घरमा पनि सक्दैनौं कोठामा बोल, कोठा मा पनि सक्दैनौं ट्वाइलेटमा बोल तर बोल ।

अन्याय र अत्याचार को विरुद्ध मा बोल रुकुम मा भएको नरसंहारको पिडितको पक्षमा बोल भन्दै सम्पुर्ण न्यायप्रेमी साथीहरुलाई बोल्न आव्हान गदै यो जातिय आधारीत सरचना भत्काउनका लागि बोल्नै पने बताए । कवि उषाकिरण र राजनिति अनलाईन डटकमका प्रधान सम्पादक लोकेश विश्वकर्मालाई कविता भनिएकै आधारमा प्रहरी प्रशासन ले पक्राउ गरेको छ । त्यो दलित चेतना माथिको नियन्त्रण भएको र त्यो आफुहरुलाई अशाहय हुने कवि उषा किरण र पत्रकार लोकेश विश्वकर्मा लाई बिना शर्त छोड्नु पर्ने माग गरेका छन् । यदि उनिहरुलाई तत्काल नछोडिए कडा भन्दा कडा आन्दोलनको बिकल्प आफु सँग नभएको यस आन्दोलनका सयोजक रवि सेन्चुरीले बताए ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्