मुलुकका अधिकांश स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह

मुलुकका अधिकांश स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौं,आज विहानैबाट देशका अधिकाँस स्थानमा झरी परेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशभर झरी पर्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भूभागमा मौसम बदली छ भने प्रदेश नम्बर १, २, ५, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो पनि देशभर बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

प्रदेश १, २, बागमती, ५ नम्बर, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ ।

वर्षा हुने क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध छ ।

प्रकाशित मिति : बिहिबार, असार ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij