काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकमा भएको विपत्तीलाई लिएर दु:ख व्यक्त गरेका छन्।
गएराति सिन्धुपाल्चोक, गुल्मी, बझाङलगायत देशका विभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो मानवीय र धनमालको क्षति भएको घटनालाई लिएर उनले दुःख व्यक्त गरेका हुन् ।
दीर्घकालीन रूपमा प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति तथा विकासको मोडलका बारेमा समयमा नै ध्यान दिन सम्बन्धित सबैमा आग्रहसमेत गरेका छन् ।
यसैबीच पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सिन्धुपाल्चोकको बाढीबाट भएको क्षतिलाई लिएर दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्- ‘सिन्धुपाल्चोकमा पछिल्लो भीषण बाढीपहिरो लगायत देशभर ठूलो जनधन क्षतिको शृंखला सुरु हुनु ज्यादै दु:खद छ । पहाडका भीरपाखामा मनपरी सडक लाने हैन त्यहाँका बस्ती सुरक्षित ठाउँमा सार्ने हो ! सडक/पानी/बिजुली/शिक्षा/स्वास्थ्य/बैंक लगायत पूर्वाधार केन्द्रित गरेर योजनाबद्ध बस्तीप्रणाली विकास गरौं !’
प्रकाशित मिति : बिहिबार, असार २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]