पार्टी निर्णयलाई प्रभाव पार्न सडकमा उत्रनु निन्दनिय हो :राष्ट्रिय युवा संघ रुपन्देही

पार्टी निर्णयलाई प्रभाव पार्न सडकमा उत्रनु निन्दनिय हो :राष्ट्रिय युवा संघ रुपन्देही

रुपन्देही ।
राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले पार्टी को निर्णयलाई चुनौती दिनेगरी सडकमा नेता कार्यकर्ता प्रस्तुत हुनु सर्बथा गलत भएको बताएको छ ।

संयोजक कृष्ण थापा र सहसंयोजक केशव कुबरले संयुक्त बिज्ञप्ती निकालेर व्यक्ति होइन नीति प्रधान कम्युनिष्ट पार्टिको पक्षमा रहेको बताउनु भएको हो । कम्युनिष्ट पार्टी भनेको व्यक्ति प्रधान हुदैन नीति प्रधान हुन्छ भन्ने हेक्का राख्न आग्रह गरिएको छ ।

बिज्ञप्तिमा स्थायी समितिको बैठकमा प्रस्तुत भएका छलफलका बिषयबस्तुलाई लिएर निर्णयमा प्रभाव पार्ने गरी सडकमा उत्रने कार्य निन्दनिय छ संयोजक थापा र सहसंयोजक कुबर द्धारा हस्ताक्षरीत बिज्ञप्तिमा उल्लेख गरिएको छ । पार्टीले लिने निर्णयको पक्षमा राष्ट्रिय युवा संघ रहेको भन्दै फुट र बिभाजनको पक्षमा नरहेको स्पष्ट पारेको छ ।

एकिकरणका कामहरु सम्पन्न बाँकी रहेको बेला एकिकरणको भावना बिपरित कामहरु हुनु दुखद भएको भन्दै पार्टि सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारीका साथमा अगाडि बढ्नु पर्ने युवा संघले बताएको छ ।

प्रकाशित मिति : बिहिबार, असार २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij