बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पोजेटिभ, अस्पताल भर्ना

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पोजेटिभ, अस्पताल भर्ना

काठमाडौं– कोरोना भाइरस संक्रमण भएपछि बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना भएका छन्। बच्चनलाई मुम्बईस्थित नानवती अस्पताल भर्ना गरिएको इन्डिएन एक्सप्रेसले लेखेको छ। बच्चनले परीक्षणका क्रममा आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी फेसबुक तथा ट्विटरमार्फत् गराएका छन्। उनले विगत १० दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन समेत सामाजिक सञ्जालमार्फत् आग्रह गरेका छन्। नानवती अस्पतालका एक चिकित्सकले समेत उनी कोरोना पोजेटिभ भएर अस्पताल भर्ना भएको पुष‍्टि गरेका छन्।

‘कोरोना पोजेटिभ भएर बच्चन राती १० बजे अस्पताल भर्ना भएका छन्। उनको अवस्था सामान्य छ। उनको विस्तृत स्वास्थ्य अवस्था पत्ता लगाउन आवश्यक परीक्षण जारी छन्,’ भारतीय समाचार माध्यम द हिन्दूसँग कुराकानी गर्दै ती डाक्टरले भनेका छन्। गत महिना मात्र अमेजन प्राइम भिडियोमा रिलिज भएको गुलाबो सिताबोमा ७७ वर्षीय बच्चनसमेतको अभिनय छ। उनको रोल भएको यो पछिल्लो सिनेमा हो। उनका छोरा अभिषेक बच्चनलाइ पनि कोरोना पोजेटिभ भएको बताइएको छ।

प्रकाशित मिति : आइतबार, असार २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij