वर्षा आज पनि हुन्छ यी स्थानहरुमा भारी वर्षा

वर्षा आज पनि हुन्छ यी स्थानहरुमा भारी वर्षा

काठमाडौं – आज देशभर मनसुनी वायुको प्रभाव परेकाले देशभर आँशिकदेखि सामान्य बदली रही बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भइरहेको छ। यसका साथै मनसूनी न्युन चापीय रेखा पश्चिमि भू–भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भू–भागमा नेपाल नजिक रहेको अवस्था छ। जल तथा मौसम विज्ञान विभागले बिहीबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।भने, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत हुनसक्ने पूर्वानुमान गरिएको छ ।

प्रकाशित मिति : बिहिबार, साउन ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij