कोरोनाले विदेशमा १६१ नेपालीको मृत्यु

कोरोनाले विदेशमा १६१ नेपालीको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण हालसम्म विदेशमा रहेका मध्ये एक सय ६१ जना नेपालीको मृत्यु भएको छ ।

यो साता थप एक नेपालीको यूकेमा निधन भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

समिति संयोजक डा. सञ्जीव सापकोटाका अनुसार ३६ मुलुकमा रहेका ३१ हजार एक सय ५० कुल संक्रमित मध्ये २९ हजार दुई सय ४३ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकमा पछिल्लो समय नेपालीमा संक्रमण दर बढेको समितिले जनाएको छ ।

त्यस्तै यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा यो साता संक्रमण बढेको छ ।

यसैबीच स्वास्थ्य समितिले सार्वजनिक स्थलमा जाँदा, र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड सम्बन्धमा विशेष मार्गदर्शन समेत तयार पारेको छ । समितिले सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न सुझाएको छ ।

प्रकाशित मिति : आइतबार, साउन ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij