भारतमा एकै दिन ५० हजार बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा ५० हजार पाँच सय २५ जना नयाँ बिरामी थपिएसँगै भारतमा हालसम्म संक्रमित संख्या १४ लाख ३६ हजार १९ जना पुगेको छ ।
ज्यान गुमाउनको संख्या ३२ हजार आठ सय १० पुगेको छ ।
नौ लाख १८ हजार सात सय ३५ जना उपचारपछि निको भएका छन् ।
चार लाख ८४ हजार चार सय ७४ जना उपचाररत छन् ।
अमेरिकामा हालसम्म संक्रमित संख्या ४३ लाख ७० हजार पाँच सय ८६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५४ हजार आठ सय ७७ जना नयाँ बिरामी थपिएका छन् ।
कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या एक लाख ४९ हजार आठ सय ३९ पुगेको छ ।
२० लाख ८९ हजार पाँच सय ५२ जना उपचारपछि निको भएका छन् ।
२१ लाख ३१ हजार एक सय ९५ जना उपचाररत रहेकोमा १८ हजार नौ सय ८९ जनाको अवस्था गम्भीर छ ।
ब्राजिलमा हालसम्म मृत्यु हुनेको संख्या ८७ हजार ५२ पुगेको छ ।
२४ लाख १९ हजार नौ सय एक जनामा संक्रमण देखिएको छ ।
एकै दिन २३ हजार चार सय ६७ जना संक्रमित थपिएका छन् ।
१६ लाख ३४ हजार दुई सय ७४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
छ लाख ९८ हजार पाँच सय ७५ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।
विश्वमा हालसम्म एक करोड ६४ लाख दुई हजार छ सय ६२ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै दुई लाख १३ हजार चार सय ५९ जना नयाँ संक्रमित थपिएका छन् ।
कोरोनाकै कारण छ लाख ५१ हजार छ सय ५६ जनाले ज्यान गुमाइसकेका छन् ।
एक करोड ३६ हजार पाँच सय ३८ जना उपचारपछि निको भएका छन् ।
५७ लाख १४ हजार चार सय ६८ जना उपचाररत रहेकोमा ६६ हजार एक सय ७५ जनाको अवस्था गम्भीर छ ।
प्रकाशित मिति : सोमबार, साउन १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्