कालीकोटमा पहिरो जाँदा एकै घरका पाँचसहित ६ जना बेपत्ता

कालीकोटमा पहिरो जाँदा एकै घरका पाँचसहित ६ जना बेपत्ता

कालीकोट– कालीकोटमा पहिरो जाँदा एकै घरका पाँचसहित ६ जना बेपत्ता भएका छन् । कालीकोटको रास्कोट नगरपालिका- १ मा गए राति पहीरोले घर बगाउँदा एकै घरका पाँचसहित ६ जना बेपत्ता भएका हुन् ।

रास्कोट बडलतोला भन्ने स्थानमा रहेको जयबहादुर शाहीको घर पहीरोले बगाउँदा उनीसहित उनका दुइ छोरा एक छोरी र एक अर्की उनका आफन्त नाता पर्ने बालिकासहित पाँच जना पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।

पहिरोसँगै बाढीका कारण रास्कोट-१ मा पर्ने पोदमारामा अर्का एक स्थानीय बेपत्ता भएको खबर छ । रास्कोट नगरपालिकाभित्रका लडेखोला, तुसारखोलालगायतका साना खहरेखोलामा बाढी निरन्तर आइरहेकाले आवतजावत ठप्प भएको छ ।

बाढीकै कारण उद्धारका लागि निक्लिएको नगरका उपप्रमुख मिसरा बम, रास्कोट श्रम बैंकका युवाहरू र रास्कोट इलाका प्रहरी चौकीका प्रहरीहरूसहितको टोली बीचबाटोमै रोकिएको बताइएको छ ।

अविरल वर्षाका कारणले हिजो राति घरको माथिबट आएको पहिरोले घरै बगाएर लगेपछि घरमा सुतिरहेका जयबहादुरका छोराछोरीसहित पाँच जना वेपत्ता भएको स्थानीय कालिविक्रम शाहीले बताए ।

यस्तै वर्षाले जिल्लाको नरहरिनाथ गाँउपालिका खुलालुमा आइतबार पहिरोमा परी बेपत्ता भएका नरहरीनाथ-८ का १६ वर्षीय पारस भण्डारी पनि बेपत्ता रहेका छन् ।

पहिरोमा परी बेपत्ता भएका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाए पनि उनको अझै उद्धार हुन नसकेको परिवारिक श्रोतले जनाएको छ । उनको पनि खोजीकार्य भरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, साउन १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij