काठमाडौं- कोरोना संक्रमणका कारण वीरगन्जमा एकै दिन तीन जनाको मृत्यु भएको छ । बिहीबार वीरगन्जमा तीन पुरूषकाे कोरोना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जगदम्बा इन्टरप्राइजेजका सिइओ र दुई जना वीरगन्ज निवासी छन् ।
नारायणी अस्थायी अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंहका अनुसार मृत्यु हुने ६५ वर्षीय जगदम्बाका सिइओ भारतीय नागरिक हुन् । उनी मुटु रोगको विरामी थिए ।
३५ वर्षीय युवक र ७५ वर्षीय वृद्धको पनि कोरोनाको कारण मृत्यु भएको हो ।
३५ वर्षिय युवकमा ज्वरोको समस्या देखिएको थियो। उनको पनि गण्डक अस्पतालमै उपचारको क्रममा मृत्यु भएको हो। ७५ वर्षीय वृद्धको भने घरमै मृत्यु भएपछि स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
प्रकाशित मिति : शुक्रबार, साउन १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्