रुकुम घटना बारे भेरी नगर प्रमुखको आरोप :मलाई राजनितिक रुपमा किलिङ गर्न खोजियो

रुकुम घटना बारे भेरी नगर प्रमुखको आरोप :मलाई राजनितिक रुपमा किलिङ गर्न खोजियो

 

बुटवल- स्पिक आउट अगेंष्ट कास्ट सिष्टम मुल अायोजक तथा नेपाल राष्ट्रिय उत्पिडित विद्यार्थी संगठन र अनेरास्ववियू उत्पिडित राष्ट्रिय सम्पर्क कमिटी को अायोजना मा भएको एक कार्यक्रममा भेरी नगरपालीका प्रमुख चन्द्र प्रकाश (सिपि ) घर्ति ले नवराज विक सहित ५ जनाको हत्या गर्ने हरुलाई सजाय को माग गर्दा अाफु लाई राजनीतिक रुपमा मार्न (पोलिटिकल किलिङ ) खोजेको खुलासा गर्नु भएको छ । अन्याय र अत्याचार को विरुद्ध अाफु जस्तो सुकै परिस्थितिमा पनि लड्ने बताउदै नगर प्रमुख घर्ति ले साच्चै नेपाल लाई समृद्ध बनाउने हो भने जातिय विभेद अन्त्य गर्नु पर्ने र सबै जात को मान्छे सम्मान पुर्वक बाँच्न पाउनु पर्ने बताउनु भयो । अाफुले पटक पटक अाग्रह गर्दा पनि प्रदेश र संघ का सांसदहरु घटनाको बारेमा बोल्न नचाहेको उहांको भनाई थियो । विश्व मंगल ग्रहमा बस्ती बसाउदै छ, चन्द्रमा मा बस्न सकिन्छ कि भनेर अनुसन्धान भइ रहेको छ तर नेपाली समाज मान्छे ले मान्छे लाई छुन नहुने जस्ता संकिर्ण विचार ले ग्रस्त भएको छ । यो हाम्रो लागि लज्जाको विषय हो । समाज मा जातिय विभेद छैन भनेर भाग्ने भन्दा पनि सबै पढेलेखेका युवा विद्यार्थी ले अब यसलाई निर्मुल पार्ने तरिका ले लेखेर बोलेर एक्सनमा जानू पर्नेमा जोड दिनु भयो । मलाई उत्पीडित समुदाय ले भोट दिएर जिताएको स्मरण गर्दै म सधैं समाज मा रहेका हरेक खाले विभेद का विरुद्ध उभिन्छु यसरी उभिदां मेरो पद खोसिन्छ भने पनि खोसियोस् तर न्यायको लडाइँ मा कसै संग पनि सम्झौता नहुने प्रष्ट पार्नु भयो । हामी जो जहाँ जस्तो अवस्था मा छौं सबै ठाउ र तप्का बाट विभेदका विरुद्ध लागौं र रुकुम पश्चिम को घटना लाई अन्तिम बनाउने ढंगले अगाडी बढौं । म यहाँ हरु संगै लड्ने बाचा गर्दछु घर्ति ले भने ।कार्यक्रममा मा अनेरास्ववियू का नेता रश्मि अाचार्यले समाजमा रहेका हरेक खाले विभेदका विरुद्ध अनेरास्ववियू लड्ने बताउनु भयो । अनेरास्ववियू जस्तो प्रगतिशील संगठनले जातिय विभेद जस्तो जघन्य अपराध लाई नजर अंदाज गर्न नमिल्ने बताउनु भयो । हरेक परिवर्तन को अान्दोलनमा अनेरास्ववियू अग्रपंक्तीमा रहेको बताउदैं जातिय विभेदका विरुद्ध पनि अग्रपंक्तिमा अभियान नै गर्ने गरि अगाडी बढ्ने कुरा बताउनु भयो । रुकुम पश्चिम को घटना ले सिंगो मुलुक लाई नै लज्जित बनाएको बताउदैं दोषी लाई कडा भन्दा कडा कार्वाही हुन पर्नेमा जोड दिनु भयो । बहुदल ल्याउने बेला मा अाजको नेतृत्व ले जसरी अाफ्ना बा अामा लाई बहुदलिय व्यवस्था को बारे मा कन्भिन्स गरेर सडक अान्दोलन सम्म ल्याउन सफल भए त्यसरी नै सम्पुर्ण गैरदलित समुदाय ले अब बा अामा ले मान्नु हुन्न भनेर छुट पाउने अबस्था नरहेको ले घर बाटै जातिय विभेद अन्त्य गर्न लाग्नु पर्ने बताउनु भयो । अब पनि युवा पुस्ता ले बा अामाले मान्नु हुन्न , समाज ले मान्दैन भनेेर उम्किन न मिल्ने उहाँको भनाई थियो । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै रुकुम घटनाका स्थलगत अध्ययन टोली का सदस्य , नेपाल बार एशोसिएसन का केन्द्रीय सदस्य अधिवक्ता मोहन सासंकर ले रुकुम घटना मा प्रहरीले ठुलो त्रुटि गरेको बताउनु भयो उहाँ ले प्रारम्भ देखि नै प्रहरी ले तथ्य र प्रमाण हरु लुकाउन खोजेको उहांको अारोप थियो । अदालत मा रहेको मुद्दाको बारे मा धेरै बोल्न नमिले पनि न्याय पाउने मा भने शंका उब्जिएको उहांको भनाई थियो । जातिय विभेद का घटना मा बिना शुल्क बहस पैरवी गर्दै अाउनु भएका सासंकरले अब पनि बिस्तारै परिवर्तन हुन्छ भनेर दलित समुदाय लाई ठुलो भ्रममा राखिएको बताउनु भयो । बा अामा ले मान्न हुन्न भनेर गैरदलित साथिहरुले भन्ने गरेको कुरा प्रति इङगित गर्दै के हामी ले छुवाछुत अन्त्यका लागि गैरदलित साथिहरुका बा अामा मरुन भनेर कामना गर्नु पर्ने हो ? उहाँको प्रश्न थियो । सबै मिलेर र एकजुट भएर मात्र जातिय विभेद हटाउन सकिन्छ भन्दै सबै समुदाय लाई एक भएर जातिय विभेद विरुद्ध ऊभिन अाव्हान गर्नु भयो । कार्यक्रम मा अनेम संघ केन्द्रीय सदस्य अधिवक्ता सुनिता अधिकारी परियार ले दलित अान्दोलन लाई एकीकृत गरेर लैजानुको विकल्प हामी संग छैन । एक ठाउँ उभिए मात्र दलित मुक्ति सम्भव रहेको उहाँको भनाई थियो । अब पनि जातका नाम मा नवराज बिक हरु मारिनु यो समाजको लागि विडम्बना भएको भन्दै रुकुम घटना अन्तिम हुने गरि निर्णायक अान्दोलन गर्नु पर्नेमा जोड दिनु भयो ।कार्यक्रममा अनेरास्ववियूका नेता मोति विक ले कम्युनिस्ट हरु को दुई तिहाईको सरकार हुदाँ पनि यस्ता खाले घटना घट्नु निकै पिडादायी भएको बताउनु भयो । युवा विद्यार्थी हरु एकजुट भएर यो कुसंस्कार का विरुद्ध लाग्नु पर्ने उहाँको भनाई थियो । कार्यक्रममा युवा नेत्री तथा समाजशास्त्री उषा किरण तिमिल्सिना ले राज्य संचालकहरुको दैध चरित्रले गर्दा नै रुकुम पश्चिम का हत्याराहरु को मनोबल बढेको बताउनु भयो । क्रान्ति को विगुल फुक्नें रुकुम जाजरकोट मा जसरी नवराज विक सहित पाचं जना को हत्या गरियो यसले कमरेडहरु दलाल मा परिणत भएको स्पष्ट पारेको उहाँ को भनाई थियो । कार्यक्रम मा अधिवक्ता यम कुमारी ददेल ले रुकुम का पिडीतले न्याय नपाउन्जेल घटना ले कस्तो मोड लिन्छ भन्न नसकिने बताउनु भयो जात मिल्दा र मन मिल्दा थुप्रै बाल बिबाह गराउने समाज ले नवराज विक लाई बाल बिबाह संग जोडिनु हास्यास्पद तर्क बाहेक केही होइन उनले भनिन् । कीर्तिपुर मा भएको अान्दोलन लाई धन्यवाद दिदै यस्ता खाले बहस धेरै गर्नु पर्ने र समग्रमा दलित अान्दोलन लाई सबै समुदायको अान्दोलन बनाए मात्र अान्दोलन सफल हुने उहाँको भनाई थियो । कार्यक्रम रवि सेन्चुरीको को अध्यक्षता , प्रेम विश्वकर्मा को स्वागत मन्तव्य र रामलाल राजवंशी विके को संचालन मा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : शनिबार, साउन १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij