वीरगञ्जमा थप ४५ जनामा कोरोना

वीरगञ्जमा थप ४५ जनामा कोरोना

वीरगञ्ज- वीरगञ्जमा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल वीरगञ्जको पिसीआर प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा थप ४५ जनामा संक्रमण भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताए ।

गएराति अबेर आएको रिपोर्टमा संक्रमितमध्ये अधिकांश मास टेष्टिङ गर्नेहरू रहेको र कन्ट्याक्ट ट्रेसिङ र पेड पीसीआर गराएकाहरूमा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए ।

कोरोना संक्रमितभई हाल काठमाडांैमा होम आईशोलेशनमा रहेका वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको कन्ट्याक्ट ट्रेसिङमा परेका सरावगीको परिवारका दुई सदस्यसहित ६ जनाको रिपोर्टसमेत पोजेटिभ आएको उपाध्यायले बताए ।

त्यसैगरी वीरगञ्ज महानगरपालि–४ विर्तास्थित कन्या माविबाट संकलन गरिएका स्वाब परीक्षण गर्दा १९ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । मास टेष्टिङअन्तर्गत साउन १२ गते कन्या स्कुलमा १ सय ४९ जनाको स्वाब नमूना संकलन गरिएको थियो ।

संक्रमितहरू पाँच वर्षीया बालिकादेखि ६० वर्षका पुरुषसम्मका रहेको उपाध्यायले बताए ।

यसैगरी, वीरगञ्ज महानगरपालिका–११ श्रीपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ मास टेष्टिङका क्रममा स्वाब संकलन गरिएका १० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

यस्तै वीरगञ्जस्थित मगनुस फर्मामा काम गर्ने ५ जना कर्मचारीलाई कोरोना पुष्टि भएको छ । नारायणी अस्पतालमा निजी खर्चमा पीसीआर परीक्षण गराएका वीरगञ्ज छपकैया र श्रीपुरका दुई पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको उपाध्यायले बताए ।

प्रकाशित मिति : आइतबार, साउन १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij