विश्वमा कोरोना :एकै दिन दुई लाख ६२ हजार बढी संक्रमित थपिए

विश्वमा कोरोना :एकै दिन दुई लाख ६२ हजार बढी संक्रमित थपिए

विश्वमा एकै दिन दुई लाख ६२ हजार पाँच सय ५३ जना कोरोना संक्रमित थपिएका छन् ।

विश्वमा हालसम्म संक्रमति संख्या एक करोड ८९ लाख ५६ हजार छ सय २६ पुगेको छ । ज्यान गुमाउनेको संख्या सात लाख १० हजार ३८ पुगेको छ । कोरोनाका कारण एकै दिन छ हजार पाँच सय ८९ जनाको मृत्यु भयो ।

६१ लाख चार हजार आठ सय ४० जना उपचाररत रहेकोमा ६५ हजार पाँच सय १४ जनाको अवस्था गम्भीर छ ।

अमेरिकामा संक्रमित संख्या ४९ लाख ७३ हजार तीन सय १० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ५४ हजार आठ सय ९० जना संक्रमित थपिएका छन् ।

एक लाख ६१ हजार पाँच सय ८१ जनाको मृत्यु भइसकेको छ । २५ लाख २९ हजार सात सय ४२ जना उपचारपछि निको भएका छन् ।

ब्राजिलमा २८ लाख ६२ हजार सात सय ६१ संक्रमति पुगे । ९७ हजार चार सय १८ जनाले ज्यान गुमाई सकेका छन् ।

सात लाख ४४ हजार सात सय छ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

भारतमा एकै दिन ५६ हजार छ सय २६ जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या १९ लाख ६३ हजार दुई सय ३९ पुगेको छ ।

४० हजार सात सय ३९ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । १३ लाख २७ हजार दुई सय जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : बिहिबार, साउन २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij