सिरहा-कोरोना भाइरस संक्रमणका कारण सिरहाका एक युवकको मृत्यु भएको छ । सिरहामा कोरोनाका कारण मृत्यु भएको यो नै पहिलो घटना हो ।
कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ ।
गोलबजार नगरपालिका –१२ का २२ वर्षीय युवकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । ती युवककमा बुधबार मात्रै कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा लगाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । उनका अनुसार दुवै मृगौलामा समस्या रहेका युवा केही समयदेखि नियमित डाइलासिस गराउँदै आएका थिए ।
डाइलासिस गराउने क्रममा जनकपुरमा उनको स्वाब संकलन गरेको थियो। पीसीआर रिर्पोट पोजेटिभ देखिएपछि उनलाई धरानमा उपचारका लागि पठाइएको थियो।
प्रकाशित मिति : शुक्रबार, साउन २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्