पर्सामा कोरोनाबाट थप दुईजनाको मृत्यु, थपिए १४१ जना संक्रमि

पर्सामा कोरोनाबाट थप दुईजनाको मृत्यु, थपिए १४१ जना संक्रमि

पर्सा –वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुईजना पुरुषको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–११ श्रीपुरका ७९ वर्षीय र ५७ वर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो। ५७ वर्षीय व्यवसायीको कोभिड अस्पताल गण्डकमा उपचारको क्रम मृत्यु भएको थियो। यस्तै, ७९ वर्षीय अर्का पुरुषको भने घरमा नै मृत्यु भएको थियो। उनीहरु दुवैको बिहीबार मृत्यु भएको हो। अस्थायी कोभिड विशेष अस्पताल गण्डकका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार मृतक दुवै मुटु र स्वासप्रस्वाव रोगबाट पीडित थिए।

थपिएका संक्रमित अधिकांश जिप्रकाका 

यस्तै, पर्सामा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमितमध्ये सबैभन्दा बढी जिल्ला प्रहरी कार्यालयसँग आबद्ध रहेका भेटिएको छ। उनीहरु प्रहरी र थुनुवा रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए। ठेगाना पर्सा प्रहरी उल्लेख भएका ४७ जनामध्येसुरक्षाकर्मीभन्दा बढी थुनुवा भएको कुँवरले बताए।

संक्रमित बारा र रौतहटका पनि

संक्रमितहरुमध्ये बाराका चार रौतहटका पाँच जना रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले जानकारी दिए। संक्रमिटमध्ये २४ जना महिला र बाँकी सबै पुरुष रहेको उनको भनाइ छ। संक्रमितहरुमा आठ वर्षदेखि ७९ वर्ष उमेर समूहसम्म रहेका छन्। थपिएका संक्रमितहरुमा वीरगन्ज महानगरपालिका–२५ श्रीसिया खलवाटोलाका मात्र २८ जना छन।

प्रकाशित मिति : शुक्रबार, साउन २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij