लगभग अनिदो गयो
आजको रात
जब अनिदो बित्छ रात
कहाँबाट आवोस् सपना
जब बाटो नै बन्द हुन्छ सपनाको
कहाँबाट साटियोस् मनको भावना ?
घाम जस्तै हो मन
जो सपना बनेर झुल्किन्छ
जसरी दिने गर्दछ घामले
राप र ताप
त्यसै गरी दिने गर्दछ
मनलाई सकुन
तिमीसंग हुने स्वप्निल मिलनले पनि ।
मैले देख्ने गरेका सपनाहरू
मात्र भावना होइनन्
मेरा भावनाहरू मेरा मनका
उत्कण्ठ इच्छाहरू समेत हुन्
जो चहार्ने गर्छन्
चङ्गा बनेर आकाशको निकै माथि
बादल संग रमाउँदै
मेरो त मात्र चाहना हो
मेरा यी स्वप्निल चङ्गारुपि भावनाको धागो
तिम्रा मनका बलिया हातहरूमा समाइएका हुन्
ताकि म कतै चुडिएर हराई नजाउँ ।
म विश्वस्त छु
चुडिने छैन चङ्गाको यो धागो
हराउने छैनन् सपनाहरू
आजको रात अनिदो भइयो त के भयो
भोलि फेरि आउने छ चकमन्न रात
र देखिने छ सपना
जहाँ मात्र तिमी हुनेछौं
र म हुनेछु
तिम्रो अगलबगल ।
२०७७ साउन २४
बुटवल ।
प्रकाशित मिति : शनिबार, साउन २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्