काठमाडाैं-राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार निधन भएको छ । आज साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिवारिक श्रोतले जानकारी दिएकाे छ ।
७ असाेज १९७६ मा लमजुङ जिल्लाको पुस्तुन भन्ने गाउँमा जन्मिएका उनकाे १०२ वर्षको उमेरमा निधन भएकाे घिमिरेका भाञ्जा भाग्यशाली अधिकारीले पुष्टि गरे ।
घिमिरेले भारतमा बनारसको क्वीन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका थिए ।
उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहिरहेका थिए ।
उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत लगायतका कृति सर्वाधिक चर्चित छन् ।
घिमिरेका दुई कृतिले साझा पुरस्कार पाएका छन् । २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार पाएका हुन । २०६७ सालमा उनलाई पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।
‘गाउँछ गीत नेपाली’ फूलको थुङ्गा बगेर गयो गंगाको पानीमा, आजै र राति के देखेँ सपना’ जस्ता चर्चित गीत रचना गरेका थिए ।
प्रकाशित मिति : मंगलबार, भाद्र २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्