उज्यालोलाई पर्खी बसौं

उज्यालोलाई पर्खी बसौं

सबैलाई थाहा छ
राज्यको सर्वोच्च शिखरमा
गजदम्म बसेका केही मुठ्ठीभर
नमकहलाल ब्यक्तिहरूको कारणले
सत्ता बदनाम छ
यहि बदनाम सत्ताको बिरोधका नाममा
लखर लखर बाटोमा मार्च नगर्नु होला
चोकचोकमा यमदुत बसेको छ ।
जताततै बन्दाबन्दी छ
कलकारखाना निदाएका छन्
बन्दब्यापार बन्द छ
गरिखाने गरिबगुरुवा मात्र होइन
हुनेखाने आम मान्छेहरूपनि
भोको पेटको सपना देख्न थालेका छन्
यस विसम परिस्थितिमा
एकको दुई, दुईको चार
मुल्य बढाएर पासो नथाप्नुहोला
यमराजले कराईमा तेल तताएर बसेको छ ।
कोरोना महामारी फैलिदो छ
यो हाम्रो सहर परेको छ
यो गाउँघर पसेको छ
यो टोल मुहल्ला पसेको छ
यसले जसलाई पनि समाउन सक्छ
तपाईं हामी कोही अछुतो नरहन सक्छौं
यी सबै कुराहरू जान्दाजान्दै पनि
संक्रमित दाजुभाइ, दिदीबिहिनीको घरमा
संक्रमणसूचक ब्यानर टाँसेर
प्रताडित नगर्नुहोला
यमराजको खातामा तपाईंको नाम
लेखिनेवाला छ ।
आँतमा हौसला राखौं
तनमा ताकत राखौं
मनलाई पबित्र राखौं
संकट हो आउँछ कहिलेकाँही
यो संकटको बेलामा
एकअर्का संग हातेमालो गरौं
उज्यालो भविष्यले पर्खेर बसेको छ ।

प्रकाशित मिति : शनिबार, भाद्र ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij