रुपन्देहीमा लडकाउन भदौ १४ गते सम्म

रुपन्देहीमा लडकाउन भदौ १४ गते सम्म

अत्यावश्यक बाहेकका सवारीका साधन र पसलहरु खोल्न पाइने छैन

रुपन्देही-रुपन्देहीमा लडकाउन भदौको १४ गते सम्म लम्विएको छ । जिल्लास्तरीय कोरोना नियन्त्रण तथा रोकथाम समितिको बैठकले रुपन्देहीका सबै १८ पालिकाहरुमा लागु हुने गरे लकडाउनको समयाबधी भदौ १४ गते सम्म थप गर्ने निर्णय गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थले जानकारी दिनुभयो ।
यसपटक थपिएको लकडाउनलाई अलि कडा गरिने बताइएको छ । स्थानीय पालिकाहरुले आ आफनै किसिमबाट पालिकाहरुमा लकडाउन घोषणा गरेपछि जिल्लाले एकरुपता ल्याउन यो निर्णय गरेको हो ।

लकडाउनको बेला अत्यावश्यक बाहेकका सवारीका साधन र पसलहरु खोल्न पाइने छैन । हिडडुल गर्न पाइने छैन । कपिपय पालिकाहरुले लकडाउन लम्वाउन जिल्ला स्तरीय कोरोना नियन्त्रण तथा रोकथाम समितिलाई अनुरोध गरेका थिए ।

पछिल्लादिनहरुमा बुटवल , तिलोत्तमा , सिद्धार्थनगर लगाएतका पालिकाहरुमा कोरोनाको संक्रमण बढि रहेको छ । जिल्लामा संक्रमितको संख्या ६ सय ५० पुग्न थालेको छ ।

प्रकाशित मिति : आइतबार, भाद्र ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij