कोरोना संक्रमणबाट रुपन्देहीको गैडहवामा थप १ पुरुषको मृत्यु

कोरोना संक्रमणबाट रुपन्देहीको गैडहवामा थप १ पुरुषको मृत्यु

बुटवल –रुपन्देहीमा एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । कोरोना संक्रमणबाट रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको भीम अस्पतालमा सोमबारराति उपचारका क्रममा मृत्यु भएको  गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरेले  बताए ।  एक साताअघि घरको छतबाट लडेर घाइते भइ युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका उनको ४ दिनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

टाउकोमा रगत जमेका उनको शल्यक्रियाका लागि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । यो सँगै कोरोना संक्रमणबाट रुपन्देहीमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

गैहवाहा ३ ढेउठनियाँ बस्ने  मृत्तकको आफन्तहरु १८ जनालाई होम आइसोलेसनमा राखिएको छ । भने दुई जना कुरुवाको अहिले पिसिआर टेस्टको लागि प्रक्रिया अगाडि बढाइएको छ । शव व्यवस्थानका लागि सेनाले जिम्मा लिएको छ ।

प्रकाशित मिति : मंगलबार, भाद्र ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij