रितुको प्रेममा मिलन छटपटाएपछि… (भिडियोसहित)

रितुको प्रेममा मिलन छटपटाएपछि… (भिडियोसहित)

काठमाडौं –कुसुम मिडिया क्रियशन प्रा.लि.ले नयाँ प्रस्तुति स्वरुप ‘तिमी बिना’ गीत लिएर दर्शक श्रोता सामु आएको छ । युवा गायक रुबेन अवालेको आवाजमा गीत ग्ल्याममान्डु च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

रोशिकले निर्देशन गरेको गीतमा प्रेम बियोगलाई भिडियो कथामा देखाउन खोजिएको छ । मिलन खड्का र रितु पौडेलेको अभिनय रहेको ‘तिमी बिना’ मा पुरुष पात्रको मनभित्र लुकेका प्रेम बियोगको बेदनालाई उसको दिनचर्या मार्फत बिर्सने प्रयास र अझ विगतले उसलाई पछाई रहिरहेको वर्तमानको दृश्यहरु भिडियोमा अटाउँन खोजिएको छ ।

युवा पुस्तामा हुने गरेका प्रेम बिलापपछिको पिडालाई गायक रुबेन अवाले लेख्ने कोसिस गरेका छन् । गीतको संगीत संयोजन पनि अवाले आफैले गरेका छन् भने सङ्गीत सोल साउण्डको र साउन्ड मिक्सिङ्ग भने जोल मुक्तानले गरेका छन् ।

भिडियोको प्रोडक्सन ब्यवस्थापन सुप्रिया महर्जन सापकोटाले गरेकी छिन भने भिडियोको बजार व्यवस्थापन केशव रोक्का र हिम सागर बामले गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

प्रकाशित मिति : बुधबार, भाद्र १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij