बुटवल-रबिन श्रेष्ठ अटो स्पाका संचालक हुन्। यो कम्पनीले विगत १० वर्ष देखि अटो क्षेत्रमा काम गरिरहेको छ ।अहिले देश लकडाउनको अवस्थामा छ । देश नै लकडाउन भएको अवस्थामा यसको प्रभाव अटो क्षेत्रमा नपर्ने कुरै भएन । तर, अत्यावश्यक यातायात तथा ढुवानीका लागि प्रयोग हुने सवारी नियमित रुपमा मर्मत गर्नुपर्ने हुन्छ ।
लकडाउनको अवधि लम्बिँदै गर्दा सरकारले केही राहतका कार्यक्रम घोषणा गरे पनि अटो क्षेत्रका लागि भने सुखद रहेन।यस्तो अवस्थामा सरकारले लिएका नीतिप्रति अटो क्षेत्रको धारणा के छ ? यो क्षेत्रले सरकारबाट चाहेको सहुलियत के हो ? लकडाउनको अवस्थामा पनि दैनिक उपभोग्य वस्तुको ढुवानी र सुरक्षा निकाय, एम्बुलेन्स, अस्पताल, कुटनीतिक नियोग लगायत अत्यावश्यक क्षेत्रका सवारीको मर्मतमा कस्तो व्यवस्था गरिएको छ ? भन्ने सम्बन्धमा अटो स्पाका संचालक उद्यमी रबिन श्रेष्ठ संग जनता टुडेका लागि सन्जना बिश्वकर्माले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।
बजारको अवस्था के छ ? अहिलेको अवस्थामा व्यावसायिक क्षेत्र कसरी अघि बढिरहेको छ ?
यो समयमा व्यवसायको कुरा नगरौँ, सारै दयनिय अवस्थामा गुज्रिरहेको छ । कोरोनाको हल्ला र सन्त्रासका बीच कुनै पनि क्षेत्रको व्यवसाय राम्रो छैन । बजार सुनसान जस्तै छ । मान्छेहरु कोरोनाकै डरले घरबाहिर निस्कन चाहेका छैनन् । झन् सरकारले आपत्कालीन रुपमा अत्यावश्यक बाहेक अरू समयमा कसैलाई पनि घरबाहिर ननिस्कन र भीडभाड, मेला, महोत्सव तथा कार्यक्रमहरुमा सहभागी नहुन भनिसकेको अवस्थामा बजार ठप्प जस्तै छ ।
यस्तो अवस्थामा बजारको अवस्था के हुने ? अनि व्यवसाय कस्तो होला ? अहिले एक क्षेत्रको मात्र होइन, सबै क्षेत्रको व्यवसायको अवस्था चौपट छ ।
कोरोनाको सन्त्रासका कारण बजार शिथिल छ । यसको आर्थिक प्रभावको पाटोलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?
यतिबेला विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी छ । यो चार महिना लामो भोगाई अलि फरक खालको रह्यो,महामारीले समग्र विश्वलाई नै लकडाउनको अवस्थामा ल्याएको छ । गतिविधिहरु ठप्प हुँदा सबै क्षेत्रमा निकै ठूलो असर परेको छ ।जसमा मानिसहरुलाई कति लामो समयसम्म यो महामारी जाने भन्ने आशंका छ । यसले निम्त्याउने समस्या कतिसम्म हुने हो आशंका छ साथै अन्तिममा महामारीको आयु सकेसम्म कम होस् र छिट्टै सामान्य अवस्थामा जनजीवन फर्कियोस भन्ने पनि आशा छ । यस्तै हाम्रो क्षेत्र र व्यबसायमा पनि ठुलो असर परेको छ,यतिबेला जीविकादेखि जनजीवनसम्म यसले पारेको प्रभाव ठूलो छ । बिजनेस लाई धेरै असर परेको छ ,कामदारलाई लक डाउनमा आधा तलब दियर राखेको छु, बैंकमा किस्ता पनि तिर्न पर्यो धेरै गार्हो भयो पैसा आउने बाटो बन्द भयो खर्च मात्र बढेको छ ।जसरी मानवीय स्वास्थ्यलाई बचाउनका लागि विश्व एकजुट भएर लागेको छ । उसै गरी आर्थिक क्षेत्र बचाउनका लागि पनि सरकारहरु लाग्नु पर्दछ ।अहिलेको अवस्थामा आर्थिक क्षेत्र ठप्प छ ।
अब प्रसङ्ग बदलौँ । तपाईंको व्यक्तिगत व्यापारिक यात्राको कुरा गरौँ । कसरी व्यावसयिक क्षेत्रमा प्रवेश गर्नुभयो ?
यो भन्दा पहिले मेरो कपडाको व्यवसाय थियो,मेरो बुवा धेरै पहिले देखि अटो लाइनमा हुनुहुन्थ्यो २०४० तीर महारानी ट्राभल्स नाम भएको बस पनि सञ्चालन गर्नुभएको थियो । अटो लाइनमा भविष्य छ भनेर बुवाले भनिरहनुभएको थियो,र पनि यस क्षेत्रमा रुचि भएकै कारण बुवा र मेरो सल्लाहमा शुरु गरेका हौं ।
शुरूवात गर्ने बेला घर त थियो तर मेशिनरिहरु र ट्रस्टहरु बनाएर गरेका हौं ,त्यति बेला बुटवल भैरहवा सडकखण्ड ६ लेन्ड निर्माणको काम चलिरहेको थियो जसले गर्दा एक वर्ष निकै समस्या भयो तर पछि राम्रो हुँदै गयो । अहिले कोरोनाले सबै क्षेत्र संगै हाम्रो अटो क्षेत्र पनि धरासायी भएको छ ।
यो व्यवसाय शुरु गर्दा र अहिलेको बजार अवस्था कस्तो छ ?
मैले शुरु गर्दाको अवस्थामा बजार एकदमै राम्रो थियो त्यति बेला रियल एस्टेट जग्गाको व्यापार राम्रो थियो । दुई वर्ष यता रियल एस्टेटको काम बन्द भयो जसले गर्दा व्यापार निकै खस्केको छ । पहिले दिनमा १०र१५ वटा गाडी आउथ्यो भने पछिले समय ३र४ वटा आउने गरेकोमा अहिले भने ठप्प छ । अहिले मेरोमा नेपाली ६ जना कामदार छन।दुई वर्ष देखि व्यापार खस्केको छ अहिले लकडाउनले सबै ठप्प छ यही व्यवसाय व्यवस्थित बनाउने सोच छ ।
कोभिड–१९ को असर अझै बढ्नसक्ने सम्भावना रहँदा यसक्षेत्रले यसको तयारी कसरी गर्दैछ त ?
अहिलेको अवस्थामा हाम्रो प्राथमिकता हालसम्मको अवस्थामा अप्ठ्यारोमा परेका ग्राहकलाई कसरी साथ लिएर जाने र उहाँहरुलाई कसरी सेवा दिने भन्ने नै हो। व्यवसायलाई भोलिका दिनमा तपाइँले भन्नुभएजस्तो अवस्था आयो भने अर्को विशेष योजना बनाएर थप सहयोग गर्दै जानुपर्ने अवस्था आउन सक्छ । त्यसको लागि हामी तयार हुनुपर्छ । हामीले बजारमा थप तरलता बढाउने प्रयास गर्नुपर्छ ।अहिलेको अवस्थामा सरकारको निर्णय मान्नुको अरु बिकल्प छैन जस्तो लाग्छ।
व्यवसायिक जीवनको अविस्मरणीय क्षण ?
२०६९ शालमा मैले एउटा गाडी किनेको थिए एक वर्ष पछि मेरो छोरी जन्मने बेला मलाई लक्की ड्र मार्फत सत्र लाखको चिठ्ठा पर्यो जसले गर्दा मलाई व्यवसाय शुरु गर्न केहि मात्रामा भएनि सहज भयो यो मेरो जीवनको बिर्सनै नसक्ने क्षण हो ।
व्यवसायमा झेल्नुपर्ने समस्या के -के हुन ?
नबुझिकन धेरै व्यक्तिहरूले अटो लाइनमा कामदार ,मिस्त्री , हेल्पर , भरमा करोडौ करोड लगानी गर्नुहुन्छ, एउटा ग्यारेजमा राम्रो मिस्त्री देख्यो भने अर्को ग्यारेजको मालिकले अलि बडी पैसाको लोभ देखाएर लैजाने प्रवृति चलिरहेको छ मेरो मा पनि यो भैरहेको छ । समितिले मीस्त्रीको यति तलब हेल्परको यति तलब वाशिङ गर्नेको यति तलब भनेर तोक्नुपर्ने हो यहा त समिति भए जस्तो पनि लाग्दैन भए पनि चासो देखाएको छैन । यो धेरै वर्ष पुरानो समस्या हो सम्बन्धीत निकायको ध्यान आकर्षण होस यो विषयमा यही अनुरोध छ ।
प्रकाशित मिति : बुधबार, भाद्र १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्