मुस्लिम समुदायका अगुवाहरुद्वारा मोहर्रम पर्व बारे कृष्णनगरमा छलफल

मुस्लिम समुदायका अगुवाहरुद्वारा मोहर्रम पर्व बारे कृष्णनगरमा छलफल

कृष्णनगर-कपिलवस्तु को कृष्णनगर नगरपालिका का स्थानीय मुस्लिम अगुवाहरु लाई ईलाका प्रहरी कार्यालय कृष्णनगरमा यहि भाद्र महिनामा पर्न गएको मोहर्रम पर्व संबंधित समाजिक दूरी कायम गरि छलफल सम्पन्न गरिएको छ।
मोहर्रम पर्व मुस्लिम लगायत हिन्दू समुदाय समेत मान्ने यस पर्वमा हुन सक्ने समस्या र शान्ति सुरक्षा कायम गर्ने छलफल गरि केही निर्णय समेत भएको छ ।
हाल कपिलवस्तु जिल्लामा लकडाउन रहेको अवस्था मा मोहर्रम पर्व मनाउदा सबैले बाजा(गाजा नबजाउने,भिडभाड नगर्ने, मेला नलगाउने,पसलहरू नखोल्ने, आ(आफ्नो घरमा तहजिया संकलन गर्न आउने ट्रेक्टर मा राखि कर्बलामा विसर्जन गर्ने साथै ट्रेक्टर को व्यवस्थापन र माइकिंग को कार्य स्थानीय व्यक्ति को सहकार्यमा ईलाका प्रहरी कार्यालय कृष्णनगरले गर्ने इलाका प्रहरी कार्यालय कृष्णनगर ले जनाएको छ ।
आ(आफ्नो टोल तथा वरपरका क्षेत्रहरू मा कुनै पनि चिजवस्तु वितरण गर्ने प्रयोजनार्थ नलैजाने र नराख्ने साथै कर्बला स्थल मा तहजीया विसर्जन गर्न जादा अनावश्यक भिडभाड नगरि संबंधित व्यक्ति ले मात्रै लैजाने र लामो समय देखि जामिया सिराजुल उलुम का अध्यापक तथा सामाजिक र प्रतिष्ठित व्यक्ति मौलाना अब्दुल मन्नान को केहि समय अघि निधन भएको प्रति उक्त छलफल मा उपस्थित हरू द्वारा हार्दिक श्रद्धांजलि समेत व्यक्त गरिएको थियो ।
उक्त छलफलमा नेकपा का केन्द्रीय सदस्य सिराज अहमद फारूकी,नेकपा प्रदेश नं ५ प्रदेश सदस्य मिर्जा अरसद वेग, प्रदेश नं ५ मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहुद खा नेपाली, राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा। अब्दुल गनि अल्कुफि, उपाध्यक्ष शैख जैस मक्की, नेकपा नगर कमिटी कृष्णनगर अध्यक्ष जावेद आलम खान, जसपा का युवा नेता अकरम पठान, साहिद अहमद खां, नसरूल्लाह खां, मौलाना जहिर अहमद बरेलवी, मौलाना अकिल अहमद, ईलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल, वि।ओ। पी। कृष्णनगर का प्रमुख सशस्त्र प्रहरी निरिक्षक निरन्जन राज कार्की, सह सेनानी मेघ बहादुर राईं भाट लगायत अन्य को उपस्थितमा उक्त छलफल र निर्णय भएको प्रदेश नं ५ मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहुद खां नेपाली ले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : शनिबार, भाद्र १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij