बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु

बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु

बुटवल – बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।बुटवलको कोरोना विषेश अस्पतालमा बुटवल उपमहानगरपालिका–५ का ६७ वर्षीय पुुरुषको आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

उच्च ज्वरो आएपछि पीसीआर परीक्षणमा कोरोना पुष्टि भएपछि आईतबार बिहान ४ः ३५ बजे उनी लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लीनीकमा भर्ना भएका थिए । अस्पतालको फिभर आइसोलेसनमा आईतबार बिहानै देखि उपचाररत रहेका उनको मध्यान्ह १२ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

कोरोना संक्रमित मृतकमा पहिले देखिनैमुटुरोग, मधुमेह र प्रेसरको रोग रहेको अस्पतालले जनाएको छ । श्वासप्रश्वासमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए ।

आज थपिएसँगै बुटवलमा मृत्यु हुनेको संख्यामा ३ पुगेको छ । रुपन्देहीमा अहिले सम्ममा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रकाशित मिति : आइतबार, भाद्र १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij