बुटवल -नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रमुख सचेतक बालकृष्ण खाणले थारु समुदायले हर्षोल्लासका साथ मनाउने बड्की आइतबार पर्वको अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।
उनले आइतबार सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै बड्की आइतबार पर्व धार्मिक तथा सांस्कृतिक पर्व भएकोले थारु समुदायले पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रूपमा मनाउँदै आएको उल्लेख गरेका छन् ।
केन्द्रीय सदस्य खाणले आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको बड्की आइतबार पर्वले मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक-नैतिक मूल्य-मान्यता र समृद्धिको बाटोतर्फ लैजान सबैलाई प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गरेका हुन् ।
प्रकाशित मिति : आइतबार, भाद्र १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्