रुपन्देहीमा भाद्र २० गते सम्म ‘लकडाउन’ लम्ब्याइयो

रुपन्देहीमा भाद्र २० गते सम्म ‘लकडाउन’ लम्ब्याइयो

बुटवल-समुदायस्तरमा कोरोना संक्रमण फैलिएको भन्दै रुपन्देहीमा २० गतेसम्म लकडाउन थप गर्न सिफारिस गरिएको छ । आइतबार बसेको जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्रले जिल्ला प्रशासन कार्यालयलाई भदौ २० गतेसम्म लकडाउन थप गर्न आग्रह गरेको छ ।

रुपन्देहीमा लगातार संक्रमण थपिने र मृत्यु दरपनि बढ्दै गएपछि लकडाउन अवधि बढाउने सिफारिस गरिएको डीसीसीएमसीले जनाएको छ ।

नयाँ तालिका अनुसार भदौ २० गते मध्यरातसम्म रुपन्देहीभर लकडाउन हुने छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षता सम्पन्न बैठकमा, बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिकाका तिलोत्तमा नगरपालिका देवदह नगर पालिका र सैनामैना नगरपालिका सुरक्षा निकायका प्रमुखहरु सहितको बैठकले उक्त निर्णय गरिएको हो ।

सिफरिस आएसंगै प्रशासनले लकडाउन सहितको निषेधाज्ञाको तयारी भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सुचना अधिकृत जनक थापाले बताए ।रुपन्देहीमा पछिल्लो तथ्यांक अनुसार ८८० जनामा संक्रमण पुष्टि हुँदा ९ जनको ज्यान गएको छ ।

प्रकाशित मिति : आइतबार, भाद्र १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij