चितवनमा चार कोरोना संक्रमितको मृत्यु

चितवनमा चार कोरोना संक्रमितको मृत्यु

चितवन- चितवनमा कोरोना संक्रमणका कारण चारजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा सोमबार दिउँसो तीनजनाको मृत्यु भएको हो । गएराति चितवन मेडिकल कलेजमा थप एकजनाको मृत्यु भएको हो ।

सोमबार मृत्यु भएका तीन जनाकाे गएराति कोरोना पोजेटिभ रिपोर्ट आएको हाे ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष, भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती र पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिला छन् ।

उनीहरूमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । मृतक मध्ये एक जनाको मृत्यु नहुँदै र दुई जनाको मृत्यु भइसकेपछि नमूना संकलन गरिएको थियो । मृत्युपछि कोरोना पोजेटिभ देखिएको हो ।

गएराति चितवन मेडिकल कलेजमा हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, भाद्र १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij