डब्ल्यूएचओले भन्योः ९० प्रतिशत देशको स्वास्थ्य प्रणाली प्रभावित

डब्ल्यूएचओले भन्योः ९० प्रतिशत देशको स्वास्थ्य प्रणाली प्रभावित

काठमाडौं-कोरोना भाइरसका कारण विश्वका प्रायः सबै स्वास्थ्य प्रणालीमा असर पारेको बताइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गत मार्चदेखि जुनसम्मको तथ्यांकमा आधारित रहेर गरेको सर्वेक्षणअनुसार स्वास्थ्य अवस्था निकै प्रभावित बनाएको निस्कर्ष निकालेको हो । महामारीका कारण क्यान्सरको उपचार जस्ता ‘क्रिटिकल केयर’ मा नराम्ररी असर परेको छ । साथै, मध्यम र कम आय भएका देशहरूले निकै समस्या सामना गर्नु परेको डब्ल्यूएचओको भनाइ छ ।

बीबीसीमा उल्लेख गरेअनुसार आधाभन्दा बढी देशहरूमा, ६८ प्रतिशत गर्भनिरोध र परिवार नियोजन, ६१ प्रतिशत मानसिक स्वास्थ्य समस्याहरूको उपचारमा तथा ५५ प्रतिशत क्यान्सरको उपचारमा नराम्रो प्रभाव भएको तथ्यांकले देखाएको छ । एक चौथाई देशमा जीवनरक्षक आपतकालीन सेवाहरू पनि प्रभावित भएका छन् ।

प्रकाशित मिति : मंगलबार, भाद्र १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij