कृष्णनगरमा संयुक्त टोली द्वारा अवैध रुपमा भित्रिदै गरेकाे चांदी पाउजु बरामद

कृष्णनगरमा संयुक्त टोली द्वारा अवैध रुपमा भित्रिदै गरेकाे चांदी पाउजु बरामद

कृष्णनगर -इलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बल नेपाल वि. ओ. पी. नेपाल कृष्णनगरको संयुक्त टोली ले कृष्णनगर वडा नं ४ मा भारत बाट नेपाल तर्फ संकास्पद अवस्था मा आउदै गरेको व्यक्ति लाई देख्दा चेक जांच गर्ने लुकाई छिपाई ल्याउदै गर्ने क्रममा २१९ पिस चांदी जस्तो देखिने सेतो धातु लगायत ४ थान मोबाइल र कार मा समेत लुकाई राखेको २० पिस पाउजु समेत ३ जना व्यक्ति लाई नियंत्रण मा लिई आवस्यक कार्यवाही का लागी भन्सार कार्यालय कृष्णनगर पठाइएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रताप पौडेलले दिनुभयो । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ५ बस्ने अकाश वर्मा, आन्नद वर्मा र ओम बहादुर घर्ती पक्राउ परेका छन् । उनिहरुको साथ बाट VI VO 17,REDMI NOTE 7 PRO, IPHONE-6 र NOKIYA 1172 मोबाइल गरि ४ थान मोबाइल बरामद गरिएको थियो । तत्काल सोधपुछ गर्दा शिवराज नगरपालिका बाट कृष्णनगर नगरपालिका वडा नं ४ सम्म आउन प्रयोग गरेको बा.८. च. २९५२ नंबर को कार समेत मा लुकाएको अवस्था मा २० पिस पाउजु बरामद गरिएको थियो । त्यस्तै ईलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरीले कृष्णनगर नगरपालिका वडा नं ७ अजिगरा बाट भारत बाट नेपाल तर्फ भन्सार छलि ल्याउदै गरेको कम्बाइन मेसिनको फलामको रिंग १ थाना, कम्बाइन मेसिनको फलामको पाइप २ थान, कम्बाइन मेसिनको फलामको पार्ट १ थान, लु .११.प . २६१ र लु. १७ प. ९४४९ नंबर को मोटरसाइकल उक्त समान ल्याउन प्रयोग गरिएको थियो जुन सबैको अनुमति मुल्य दुई लाख अठारह हजार राखि आवस्यक कार्यवाही का लागी भन्सार कार्यालय कृष्णनगर पठाइएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगर ले दिएको छ । साथै भाद्र १५ गते बिहान ५ बजेको समयमा जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं ३ झण्डेनगर पुरानोमिल स्थितमा डिउटीमा खटिएको प्रहरी ले चेकिंग गर्दा नेपाल बाट भारत तर्फ भन्सार छलि मटर दाना १३०० के. जि. समातेको छ जस्को अनुमानित मूल्य पैसठ्ठी हजार (६५,०००) रहेको र आवस्यक कार्यवाही का लागी भन्सार कार्यालय कृष्णनगर पठाइएको जानकारी ई. प्र. का. कृष्णनगर ले दिएको छ. ईलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बल नेपाल वि. ओ. पी. नेपाल कृष्णनगर भन्सार सुरक्षा, भन्सार चुहावट रोक्न, समाजमा शान्ति स्थापना गर्न, सधै आवस्यक सहकार्य गरेको स्थानीय को बुझाई रहेको छ ।

प्रकाशित मिति : बुधबार, भाद्र १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij