बाग्लुङ – बाग्लुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढी पहिरोमा हराइरहेका मध्ये अहिलेसम्म १० जनाको शव भेटिएको छ ।
नगरपालिकाको वडा नम्बर ७, ८ र ९ को तटीय बस्तीमा भुजी खोलाको बाढी पस्दा ४१ जनाकाे अवस्था अझै थाहा हुन नसकेकाे जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
हराउनेकाे सङ्ख्या अझ बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।
बाढीले ३१ घरमा पूर्ण क्षति पुर्याएकाे छ । अरु थुप्रै घरमा क्षति पुगेको छ । घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरिरहेको छ । घटनामा अहिलेसम्म चार जना घाइते भएको भेटिएको प्रहरीको भनाइ छ ।
वर्षासँगै बुधबार राति १२ बजेतिर आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश सिंह भण्डारीले जानकारी दिनुभयो ।
माथितिर कुनै ताल फुटेर वा खोला थुनिएर बाँध बनी एक्कासी बाढी आएको हुन सक्ने ढोरपाटन नगरपालिकाका उपमेयर करमती पुन मगरले बताउनुभयो ।
प्रकाशित मिति : बिहिबार, भाद्र १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्