मायाको आभाष ( कविता)

मायाको आभाष ( कविता)

आकाशमा ताराहरू
टिलपिल गरिरहँदा
मेरो आंखा तिमीलाई
हेरिरहन्छ।
ति ताराहरूको चमक
कम भएको हो कि,
ताराभन्दा बढी तिमी
चम्कन्छौ।
माया गर्नु एउटा ,कुरा
माया पाउनु अर्को कुरा,
तिमी प्रतिको विश्वास र
लगावले खै तिमी
तीरै ढालेको पाउँछु।
तिमी नै जाती लाग्छ
तिमी नै प्यारो पनि,
तिमी टाढा रहे पनि
आभाष चाहिँ तिम्रै
पाउँछु।
यती माया पहिले गरिन
र मैले हो कि,
केवल “तिमी”अनी ,
तिमी भीत्रको “म”
देख्छु।
माया भन्ने चिज यस्तै
न देखिने, न छोइने ,
बन्द आंखा पनि
तिमीलाई हेरिरहन्छ
एकोहोरो ।
यस्तै यस्तै कल्पनामा
हराएरै जीबन बित्यो
तिम्रो मायामा हराउँदै
छरेका ती तुल्सी बीज ,
झांगिएको फक्रिएको
हेर्नलाई बेला भयो ।

प्रकाशित मिति : बिहिबार, भाद्र १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij