बाढीमा हराएकामध्ये तीनको शव गुल्मीमा

बाढीमा हराएकामध्ये तीनको शव गुल्मीमा

गुल्मी-बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति बाढीमा परी हराइरहेकामध्ये तीनजनाको शव गुल्मीको बढीघाट खोलामा फेला परेको छ ।

मुसिकोट नगरपालिका–५ ईन्द्रेगौंँडा–७ को सुदी र चन्द्रकोट गाउँपालिका–८ तीनसिमलस्थित बढीघाट खोला किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक केदार पन्थले जानकारी दिए ।

बढीघाट खोलामा ठूलो बाढी आएपछि स्थानीयवासीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेका शवमध्ये एक बालक र अन्य दुईजना अन्दाजी ३५/४० वर्षीया महिला भएको प्रहरीले जनाएको छ ।

उक्त पहिरोग्रस्त क्षेत्रबाट बगेको बढीघाट खोला धेरै मात्रामा गुल्मीको भूभाग हुँदै बग्ने भएका कारण बाढीपहिरामा हराइरहेका अन्य गुल्मीमा भेटिन सक्ने अनुमान गरिएको छ । बुधबार राति परेको अविरल वर्षाका कारण आएको बाढीले बढीघाट खोलामा पानीको बहाव बढेकाले स्थानीय प्रशासनले खोला किनारमा बसोबास गर्ने मानिसलाई सुरक्षित रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij