नेपालगञ्ज- बाँकेमा शुक्रबारदेखि दुई दिन निषेधाज्ञा जारी गरिएको छ ।
जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिले अघिल्लो साता नै यस सातादेखि हरेक शुक्रबार र शनिबार जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
कोरोना संक्रमणदर निरन्तर बढ्दै गएपछि नियन्त्रणका लागि सातामा दुई दिन शुक्रबार र शनिबार निषेधाज्ञा जारी गर्ने निष्कर्षमा पुगेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।
उनले निषेधाज्ञाको पालना गर्न आग्रह गरेका छन् । निषेधाज्ञामा अत्यावश्यक सेवाबाहेक सबै बन्द रहने कुरुम्बाङले जानकारी दिए ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्