रुपन्देही गैडहवा ५ मा मोटरसाईकल अनियन्त्रित भई पल्टँदा १ जनाको मृत्यु, १ घाईते

रुपन्देही गैडहवा ५ मा मोटरसाईकल अनियन्त्रित भई पल्टँदा १ जनाको मृत्यु, १ घाईते

 

बुटवल – रुपन्देहीको लुम्बिनी कलौनी भित्री सड्क खण्डमा मोटरसाईकल अनियन्त्रित भई पल्टँदा १ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । गैडहवा गाउँपालिका–५ तेलन्डिया स्थित लुम्बिनी कलौनी भित्री सड्क खण्डमा लु १४ प ७९४४ नम्बरको मोटरसाईकल आज बिहान अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाईकलका चालक शुद्धोधन गाँउपालिका–६ का वर्ष ४० वर्षीय समुज राम केवटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खड्काले जानकारी दिनुभयो । उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै दुर्घटनामा मोटरसाइकलको पछाडी सवार सोही ठाउँकी ३५ वर्षीया गुडिया केवट घाईते भएको खड्काले जानकारी दिनुभयो ।घाइतेको भिम अस्पतालमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : शुक्रबार, भाद्र १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij