पोखरा-कोरोना भाइरसको संक्रमण बढिरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । कास्की जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई कडाइँसाथ पालना गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको हो । यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिँदै थियो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जारी गरेको आदेशअनुसार अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा मानिसले अनिवार्यरुपमा स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना गर्नु पर्नेछ । मानिसले बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने, दुई मिटरको भौतिक दुरी कायम गर्ने, पटक–पटक साबुनपानीले हात धुने तथा सेनिटाइजरको प्रयोग गर्नेलगायतका व्यवस्थासहितको आदेश जारी गरिएको छ ।
सार्वजनिक सवारीसाधन सञ्चालन गर्न निषेध गर्दै प्रशासनले जिल्लाभर जोर गते जोर र बिजोर गते बिजोर नम्बरका टयाक्सी तथा निजी सवारीसाधन बिहान ६ः०० बजेदेखि साँझ ८ः०० बजेसम्म सञ्चालन गर्न सकिने जनाएको छ । शैक्षिकलगायतका सार्वजनिक भेला र भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ भने तोकिएको मापदण्डमा कार्यालय सञ्चालन गर्नु पर्नेछ ।
कामदार तथा सेवाप्रवाहलाई सुरक्षित बनाई सबै प्रकारका निर्माण कार्य तथा उद्योग सञ्चालन गर्न सकिने आदेशमा भनिएको छ । आंशिकरुपमा खुल्ने होटल तथा रेष्टुरेण्टले खाद्य बस्तु लिएर घर लैजान सक्ने गरी मात्र साँझ ७.०० बजेसम्म सञ्चालन गर्न अनुमति पाएका छन् ।
प्रकाशित मिति : शनिबार, भाद्र २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्