भारतमा एकै दिन ९६ हजार बढी संक्रमित

भारतमा एकै दिन ९६ हजार बढी संक्रमित

संक्रमण दर उच्च रहेको छिमेकी मुलुक भारतमा एकै दिन ९६ हजार बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ९६ हजार सात सय ६० जनामा संक्रमण देखिएपछि भारतमा हालसम्म संक्रमित हुनेको संख्या ४५ लाख ५९ हजार सात सय २५ पुगेको छ । भारतमा कोरोनाका कारण ७६ हजार तीन सय चार जनाको मृत्यु भइसकेको छ । एक दिनमा एक हजार दुई सय १३ जनाले ज्यान गुमाए ।

३५ लाख ३९ हजार नौ सय ८३ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । नौ लाख ४३ हजार चार सय ३८ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

कोरोनाबाट विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टामा ३५ हजार नौ सय ३६ जनामा संक्रमण देखिएको छ । पछिल्लो केही समयदेखि अमेरिकामा दैनिक संक्रमित हुनेको संख्या कम हुँदै गइरहेको छ । हालसम्म ६५ लाख ८५ हजार दुई सय ८८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

एक लाख ९६ हजार एक सय ३२ संक्रमितको मृत्यु भइसक्यो । २४ घण्टामा आठ सय ९४ जनाको ज्यान गयो । ३८ लाख ७५ हजार छ सय ६६ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । २५ लाख १३ हजार चार सय ९० जना उपचाररत रहेकोमा १४ हजार पाँच सय ८६ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा दैनिक भेटिने संक्रमित संख्या कम हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा ४० हजार चार सय ३१ जना नयाँ बिरामी थपिएसँगै कोरोना पुष्टि हुनेको संख्या ब्राजिलमा ४२ लाख ३९ हजार सात सय ६३ पुगेको वाल्डो मिटरले जनाएको छ ।

एकै दिन नौ सय २२ जनाले ज्यान गुमाएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख २९ हजार पाँच सय ७५ पुगेको छ । ३४ लाख ९७ हजार तीन सय ३७ जना उपचारपछि कोरोना पराजित गर्न सफल भएका छन् । छ लाख १२ हजार आठ सय ५१ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

विश्वमा एकै दिन दुई लाख ९७ हजार नौ सय दुई जना संक्रमित थपिएसँगै कोरोना पुष्टि हुनेको संख्या दुई करोड ८३ लाख १२ हजार नौ सय ८६ पुगेको छ । कोरोनाका कारण नौ लाख १३ हजार ७७ जनाले ज्यान गुमाए । पछिल्लो २४ घण्टामा पाँच हजार सात सय ७७ जनाको मृत्यु भयो ।

दुई करोड तीन लाख २५ हजार छ सय ३४ जना उपचारपछि घर फर्किएका छन् । ७० लाख ७४ हजार दुई सय ७५ जना उपचाररत रहेकोमा ६० हजार आठ सय ५० जनाको अवस्था चिन्ताजनक छ ।

प्रकाशित मिति : शुक्रबार, भाद्र २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij