भैरहवा- लुम्बिनी विकास कोषले एक हप्ता अगाडी निधन भएका लुम्बिनी विकास कोषका कार्यकारणी सदस्य अमिरिका प्रसाद कोहोरको परिवारलाई एक लाख एक हजार सहयोग प्रदान गरेको छ ।
लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका सस्कृति, पर्यटन तथा नागारिक उड्डयन मन्त्री योगेश कुमार भट्टराइले स्वर्गिय कोहारको घर पडरियामै पुगी उनको परिवारलाइ उक्त रकम हस्तान्तरण गरेका हुन् ।
लुम्बिनीदेखि दक्षिणमा रहेको उनको घरमा पुगी लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका भट्टराइले शोकाकुल परिवारमा समबेदना समेत व्यक्त गर्दै भने, ‘यो दुखको घडीमा नेपाल सरकार, लुम्बिनी विकास कोष तपाईहरुको साथमा छ । ’
मन्त्री भट्टराले अमिरिकाले लुम्बिनी क्षेत्रको विकासमा पुराएको योगदान उल्लेखनीय भएको समेत बताए । कोषका कार्यकारणी सदस्य रहेका अमिरिकाको हृदयघातको कारण ५५ बर्षको उमेर भदौं २३ गते राति निधन भएको थियो ।
विक्रम सम्बत २०२३ साल चैत्र ३ गते लुम्बिनीको पडरीयामा जन्मीएका अमिरिका २०६६ सालमा ५ बर्ष सम्म कोषको कार्यकारणी सदस्यको रुपमा लुम्बिनीको विकासमा सक्रिय थिए । यसैगरी उनी २०७३ सालदेखि पुनः दोस्रो कार्यकालको रुपमा कोषमा सक्रिय थिए । कोहार नेपाली कांग्रेस रुपन्देहीको पुर्व जिल्ला उपभासभापति समेत थिए ।
प्रकाशित मिति : आइतबार, भाद्र २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्