पोखरा- गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या दुई हजार ९०३ पुगेको छ । प्रदेशमा हालसम्म ५५ हजार ७३७ जनाको पीसीआर परीक्षण गरिएकामा ५२ हजार ८३४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रदेशमा संक्रमित भएकामध्ये एक हजार ८४९ जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या एक हजार ३० रहेको छ ।
कोरोना संक्रमणका कारण हालसम्म २४ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ७५७ को पीसीआर परीक्षण गरिएकामा ६८२ को रिपोर्ट नेगेटिभ आएको छ भने ७५ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ३७ जना निको भएका छन् । प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला र क्षयरोग उपचार केन्द्रमा पीसीआर परीक्षण भइरहेको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
प्रकाशित मिति : आइतबार, भाद्र २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्