स्याङ्जा- स्याङ्जाबाट बाघको हड्डीसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले शुक्रबार साँझ पुलिबजार नगरपालिका–१३ आहालेका केहरसिंह नेपालीलाई पक्राउ गरेको हो ।
घरमा बाघको जस्तो देखिने हड्डीहरू लुकाइछिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले नेपालीको घर कोठा खानतलासी गर्दा हड्डी बरामद गरेको हो ।
नेपालीले घरको दोस्रो तलामा काठको ठेकीभित्र लुकाइराखेको बाघको जस्तो देखिने शरीरको टाउको, बङगरासहितको च्यापुसमेतको भागको सानो ठूलो गरी जम्मा ८१ वटा हाड फेला परेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
नेपालीसहित बरामद गरिएको हाडहरू डिभिजन वन कार्यालय स्याङ्जामा बुझाइएको अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति : आइतबार, भाद्र २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्