काठमाडौं – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाका अनुसार अरु २२ जना अझै बेपत्ता छन् ।
मृत्यु हुनेमा वडा नम्बर ७ का भक्तिमाया श्रेष्ठ, जुनु विक, सुकलाल विक, सन्देश विक, सर्किनी नेवार, धनलाल नेवार, हिरामाया नेवार, ट्याक्सी शेर्पा र ज्ञानीमाया प्रधान रहेका छन् ।
उनीहरु एकै परिवारका हुन् वा फरक फरक परिवारका हुन् भन्ने अहिलेसम्म नखुलेको डीएसपी सापकोटाले जानकारी दिए ।
पहिरोमा परी अझै २२ जना बेपत्ता छन् । गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ । डीएसपी सापकोटाका अनुसार हालसम्म ११ वटा घरमा क्षति पुगेको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्