सभामुखद्वारा पाकिस्तानले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसा

सभामुखद्वारा पाकिस्तानले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसा

काठमाडौं।

सभामुख अग्निप्रसाद सापकोटासित नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाभेदले शिष्टाचार भेट गर्नुभएको छ ।

मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता भएको हो ।

सो अवसरमा दुई देशबीचको सम्बन्ध, सहकार्य र आपसी हितका विषयमा छलफल भएको थियो ।

भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६० वर्ष लामो मैत्रीपूर्ण सम्बन्ध रहेको र दुई देशबीचको सम्बन्धमा समस्या नरहेको चर्चा गर्नुभयो ।

उहाँले मानव जातिलाई परेको कोरोना संकट पार गर्न सबै मिलेर लड्नुको विकल्प नभएकोमा जोड दिनुभयो । साथै, पाकिस्तानले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसासमेत गर्नुभयो ।

सभामुख सापकोटाले कोरोनाको अन्त्यपछि दुई देशका संसदबीचको सहकार्य र थाती रहेका अरु विषयहरु अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

चारवर्षे कार्यकाल सकेर स्वदेश फर्कन लाग्नुभएका राजदूत जाभेदले नेपाल बसाइँकाक्रममा संघीय संसदबाट भएको सहयोगप्रति आभार प्रकट गर्नुभयो ।

उहाँले कोरोनाका कारण सात महिनायता दुई देशका संसदबीचको नियमित कामसमेत हुन नसकेको चर्चा गर्नुभयो ।

कोरोनाको अन्त्यपछि सम्बन्ध विस्तृत र व्यापक हुने विश्वास उहाँले व्यक्त गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, भाद्र ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij