JanataToday.com

Advertisment

SKIP THIS

सभामुखद्वारा पाकिस्तानले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसा

सभामुखद्वारा पाकिस्तानले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसा

काठमाडौं।

सभामुख अग्निप्रसाद सापकोटासित नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाभेदले शिष्टाचार भेट गर्नुभएको छ ।

मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता भएको हो ।

सो अवसरमा दुई देशबीचको सम्बन्ध, सहकार्य र आपसी हितका विषयमा छलफल भएको थियो ।

भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६० वर्ष लामो मैत्रीपूर्ण सम्बन्ध रहेको र दुई देशबीचको सम्बन्धमा समस्या नरहेको चर्चा गर्नुभयो ।

उहाँले मानव जातिलाई परेको कोरोना संकट पार गर्न सबै मिलेर लड्नुको विकल्प नभएकोमा जोड दिनुभयो । साथै, पाकिस्तानले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसासमेत गर्नुभयो ।

सभामुख सापकोटाले कोरोनाको अन्त्यपछि दुई देशका संसदबीचको सहकार्य र थाती रहेका अरु विषयहरु अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

चारवर्षे कार्यकाल सकेर स्वदेश फर्कन लाग्नुभएका राजदूत जाभेदले नेपाल बसाइँकाक्रममा संघीय संसदबाट भएको सहयोगप्रति आभार प्रकट गर्नुभयो ।

उहाँले कोरोनाका कारण सात महिनायता दुई देशका संसदबीचको नियमित कामसमेत हुन नसकेको चर्चा गर्नुभयो ।

कोरोनाको अन्त्यपछि सम्बन्ध विस्तृत र व्यापक हुने विश्वास उहाँले व्यक्त गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, भाद्र ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij